रामेछापको पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुइ जनाको मृत्यु

  • प्रकाशित मिति: बुधबार, बैशाख २५ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख २६ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुधबार साझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ बर्षिय लोप्साङ लामा र ११ बर्षिय बालक चोक कुमार श्रेष्ठको ज्यान गएको हो । पुरानागाउँको अंगेरीपानीबाट खुरवेसी जाने क्रममा बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लामाको घटनास्थलमै र बालकको उपचारको क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता शेष अदालतले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल सडकबाट एक सय मिटर तल पुगेको थियो । पुरानागाउँको छापखानि खोला तरेर उकालो बाटो तर्फ जादैै गरेको मोटरसाईकल अनियन्त्रित भई खोलामा खसेको स्थानीयको भनाई छ । केही समय अघि पनि सोहि ठाउँ नजिकै ट्याक्टर दुर्घटना हुँदा ७ जना घाईते भएका थिए ।