(इडिभी) २०२० को नतिजा आज आउँदै (हेर्ने प्रक्रिया सहित)

  • प्रकाशित मिति: मंगलबार, बैशाख २४ २०७६
  • तामाकोशी

काठमाडौं, बैशाख २४ गते । डाइर्भसिटी भिसा (इडिभी) २०२० को नतिजा आज आउँदै छ । गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन भरेका इडिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् ।

सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ ।



अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

 

नतिजा www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ ।