रामेछाप । वैशाख १९ गते,
रामेछाप जिल्लामा बसको ढोकाबाट खसेर ज्यान गुमाउँनेको संख्या बढेको छ । बसको ढोकाबाट खसेर एक महिलाको ज्यान गएको एकहप्ता नवित्दै बिहिबार पनि बसको ढोकाबाटै खसेर एक वृद्धले ज्यान गुमाएका छन् । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा बसबाट खसेर एक वृद्धको ज्यान गएको छ ।
प्रितिबाट मन्थली सदरमुकाम तर्फ आउँदै गरेको बा ३ ख ९६६२ नम्बरको यात्रुबहाक बसको ढोकाबाट खसेर बेतालीका ६५ बर्षका वृद्ध होमप्रसाद घिमिरेको ज्यान गएको प्रहरीले जनाएको छ । बुधबार बेतालीबाट ठोसे बिहे लिएर गएको उक्त बसमा घिमिरे पनि जन्त गएका थिए । जन्त जादा लौरो बसमा छुटेपछि निकाल्न बिहिबार बिहान घिमिरे बस रोकेर लौरो झिक्न बस चढेका थिए । बेतालीको बाहुनी मोडमा लौरो झिक्न बस चढेका घिमिरेको बस चढेको ठाउँबाट करिब ५ मिटर पर पुगे पछि ढोकाबाट खसेर ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछाप प्रबक्ता शेख अदालतका अनुसार बसको ढोकाबाट घिमिरे र बसका सहचाल सँगै खसेका थिए । बसबाट खसेकै ठाउँमा घिमिरेको ज्यान गएको र सहचालक सामान्य घाइते भएको प्रबक्ता अदालतले जानकारी दिए । एक हप्ता अघि मात्रै बसको ढोकाबाट खसेर रामेछापको मन्थली स्थित लिपेखोलामा एक महिलाको ज्यान गएको थियो ।
रामेछापको बेतालीमा बसबाट खसेर एक वृद्धको ज्यान गयो
- प्रकाशित मिति: बिहिबार, बैशाख १९ २०७६
- तामाकोशी