रामेछाप । वैशाख १८ गते,
रामेछाप र दोलखा जिल्लाको सिमाना भएर बग्ने खिम्ती खोलामा जलाशययुक्त आयोजना बनाउनको लागि विद्युत विकास विभागले सम्भाव्यता अध्ययनको लागि सूचना निकालेको छ ।
दुई वटा विकल्पमा अध्ययन गर्न विभागले सूचना जारी गरेको हो । विभागले खिम्ती खोला थुनेर ठोसे शिवालयमा ३ सय २६ मेगावाट र सोही ठाउँमा ड्याम बनाएर हाल हिमाल हाइड्रोपावर भएको ठाउँबाट १८ सय मेगावाट उत्पादन गर्ने सकिने योजना अगाडि सारेको छ । खिम्ती खोलालाई थुनेर देउराली भ्यालीमा जलाशययुक्त जलविद्युत निर्माणको प्रक्रिया अगाडि बढेको छ । रामेछापको उत्तरी क्षेत्रमा रहेको ठोसेस्थित गर्जाङ देउराली भ्यालीमा यो जलविद्युत निर्माण हुनेछ । रन अफ रिभरु रहेको खिम्तीखोला हिम नदी हो । यसको उद्गमस्थलभन्दा केही तल रिजर्भवायर ड्यामु बनाएर गर्जाङ देउराली भ्यालीको बस्ती विस्थापित गरेर आयोजना निर्माण गर्न सकिनेछ ।
खिम्ती खोलामा १८ सय मेगावाट क्षेमताको जलाशययुक्त जलविद्युत आयोजना बन्ने
- प्रकाशित मिति: बुधबार, बैशाख १८ २०७६
- तामाकोशी