रामेछाप, वैशाख १५ गते ।
रामेछापको मन्थली नगरपालिका वडा नं. २ लिपेखोलामा बसबाट खस्दा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएको छ । दोलखावाट रामेछापको सदरमुकाम तर्फ आउँदै गरेकोे बा.३ ख ३२६१ नम्वरको अरनिको बसको ढोका बाट खस्दा मन्थली वडा नं. २ टेकानपुरकी २२ वर्षिय सुमित्रा कार्कीको ज्यान गएको हो ।
ढोकावाट खसेकी कार्कीलाई गाडी गुड्ने क्रममा ठक्कर दिएको थियो । घटनास्थलमा गम्भिर घाइते भएकी उनलाई मन्थली स्थित तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि धुलीखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सोही स्थानकी १६ बर्षिय मनिषा कार्कीको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । टक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रबत्ता प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिएको छ ।
रामेछापको मन्थलीमा बसबाट खस्दा एकको ज्यान गयो
- प्रकाशित मिति: आइतबार, बैशाख १५ २०७६
- तामाकोशी