मोटरसाईकल दुर्घटनामा परी उदयपुरमा एकजनाको मृत्यु, एकको अवस्था गम्भीर

  • प्रकाशित मिति: आइतबार, बैशाख १५ २०७६
  • तामाकोशी

उदयपुर । वैशाख १५ गते,
बेलका नगरपालिका–२ को रंगमहलमा मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कुम्भमेलामा सहभागी भएर सुनसरीको चतराबाट फर्किदै गर्दा स १० प ४२०३ को मोटरसाइकल अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको हो । दुर्घटनाका क्रममा मोटरसाइकल चालक ३० बर्षिय बेलका २ बस्ने देबचन यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय रामपुरका प्रहरी प्रमुख नवीन कुमार सिंहले बताए । मोटरसाईकलको पछाडी सवार सोहि ठाउँ निबासी २५ बर्षीय अर्जुन यादब भने गम्भीर घाईते भएका छन् ।
घाइतेलाई उपचारका लागि बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको छ । यसअघि पनि २०७५ को तिहारमा धौसीको पैसाबाट बनभोज खायर फर्कदा बेलका २ का रंगमहलमा ट्रयाक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको थियो ।