दाद, छालामा आउने एक प्रकारको समस्या हो । विशेषगरी यसले गर्मी महिनामा धेरैलाई सताउँछ । चिकित्सकीय भाषामा दादलाई एग्जिमा भनिन्छ । दाद आएपछि छाला बाक्लो हुने, फुस्रिने, चिलाउने र फोका उठ्ने हुन्छ ।
साथै, छाला निस्कने, कालो हुने, कत्ला निस्कने र कन्याउँदा घाउ भई संक्रमण हुने हुन्छ । आममानिसले छालामा आउने सबैखाले एलर्जीलाई दाद भन्ने गर्छन् । यद्यपि, ती सबै दाद होइनन् ।
दाद विभिन्न पदार्थको सम्पर्कबाट हुन्छ । मानिसको जिनमा हुने समस्या तथा एलर्जिक अवस्थाका कारण छालामा यस्तो समस्या देखा पर्छ । शरीरमा हुने रसायन परिवर्तन हुँदा विभिन्न दाद निस्किन्छन् । ती एटोपिक डर्माटाइटिस, स्कोरिक, न्युमुलर र स्टासिस एग्जिमा हुन् ।
दाद आएमा अपनाउनुहोस् यस्ता घरेलु उपायहरूः
–पाँच भाग कपुर एक भाग गन्धक, मट्टितेलमा मिसाएर मलहम बनाउने र नियमित लगाउने गरे दाद आएका ठिक हुन्छ ।
–पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।
–दहीमा नीमको पात पिनेर लगाउने गरेमा पनि दाद जान्छ ।
–पाँच भाग कपुर एक भाग गन्धक, मट्टितेलमा मिसाएर मलहम बनाउने र नियमित लगाउने गरे दाद आएका ठिक हुन्छ ।
–पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।
–हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
–काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ । तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन ।
–नीमको पात दहीमा पिनेर लगाउने गरेमा पनि दाद जान्छ । नीमको काठ गाईको गौंतमा घोटेर लगाउने गरेमा दाद ठिक हुन्छ ।
–घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
–नुहाउनुअघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर दाद आएको ठाउँमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखालेर नुहाउने गर्नाले दादको अन्त्य हुन्छ ।
–सेतो करवीरको जरा २ चम्चा लेदोमा २ डाडु नरिवलको तेलमा डढाएर झिक्नुहोस् र कपडाले छानेर दादहरुमा लगाउनुहोस् बिस्तारै ठीक हुँदै जान्छ ।