रामेछापमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीले जिम्वेवारी सम्हालिन

  • प्रकाशित मिति: शुक्रबार, बैशाख ६ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख ६ गते,
रामेछाप जिल्लामा पहिलो पटक महिला सिडियोले जिम्मेवारी सम्हालेकी छिन् । रामेछापको प्रमुख जिल्ला अधिकारीकोे रुपमा लिला कुमारी पाण्डे (केसी)ले शुक्रवार जिम्मेवारी सम्हालेकी हुन् । गृह मन्त्रालयले गत चैत्र २५ गते रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मालाई सरुवा गर्दै केसीलाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाएको थियो । सरुवा भएको डेढ सातापछि शुक्रबार केसीले जिम्मेवारी सम्हालेकी छिन् । प्रमुख जिल्ला अधिकारी केसीलाई जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुले स्वागत गरेका थिए । प्रमुख जिल्ला अधिकारी केसीले जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई बजबुद बनाउनेदेखि लिएर सेवा प्रवाहमा विशेष ध्यान दिने प्रतिवद्धता जनाएकी छिन् ।