रामेछाप । वैशाख ६ गते,
सिन्धुली जिल्लाको फिक्कल गाउँपाकिलामा सुशासनका औजाहरुका बारेमा अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । एचआई ३६० को सहयोगमा हुराडेग नेपाल दालखाले संचालन गरेको नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजनाले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।
फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा हुराडेक नेपाल दोलखाका कार्यक्रम संयोजक नवराज पथिकले नेपालमा सुशासनका औजारहरु, यसको प्रयोग र सुशासनको अवस्थाका बारेमा जानकारी सहभागिहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक रिजाल , वडा नम्बर ५ का वडाध्यक्ष राजु बराल , वडा नम्बर ६ का वडाध्यक्ष नारायण प्रसाद अधिकारी ,वडा नम्बर ३ का वडाध्यक्ष टेक बहादुर जर्गा मगर लगाएत निर्वाचित जनप्रतिनिधि, गाउँपालिकाका बिषयगत शाखाका प्रमुखहरु , राजनैतिक दलका प्रतिनिधि , नागरिक समाजका अगुवाहरुको सहभागि रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक रिजालले गाउँपालिकाले अहिलेसम्म गरेको कार्यसम्पादनका बारेमा जानकारी गराएका थिए ।
फिक्कल गाउँपालिकामा सुशासनका औजारहरुका बारेमा अभिमुखिकरण
- प्रकाशित मिति: शुक्रबार, बैशाख ६ २०७६
- तामाकोशी