मन्थली नगरपालिकाका कर्मचारी मोवाइलमा व्यस्त , कार्यालयको सरसफाई अस्तव्यस्त

  • प्रकाशित मिति: मंगलबार, बैशाख ३ २०७६
  • तामाकोशी

रामेछाप । बैशाख ३ गते,
मन्थली नगरपालिकाको कार्यालयमा नै १३ जनाभन्दा बढी कार्यालय सहयोगि पदका कर्मचारीहरु छन् । जसमा १२ हजार देखि १६ हजार २ सय रुपैयासम्म मासिक तलव बुभ्mने कर्मचारी छन् । तर मन्थली नगरपालिका भित्र कार्यालय सहयोगीहरुले गर्नुपर्ने काम भद्रगोल अवस्थामा रहेको नगरपालिकामा सेवा लिन जाने सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
नगरपालिकामा प्रवेश गेटमा राखिएको घडा समेत सफा गरिएको छैन । तामाका घडाहरु फोहोरले निला भएका छन् । नगरपालिका भित्रको शौचालय फोहोर छ । नगरपालिका परिसमार रोपिएका फूलहरुमा गोडमेल र पानी हालिएको छैन । तर कार्यालय सहयोगिहरु भने दिनभरि हातमा मोवाइल लिएर फेसबुक चलाउँनमै व्यस्त छन् ।
कार्यालय वरिपरि गमलामा लगाइएका फूलका बोटहरु ढाक्ने गरी झार पलाउँदा समेत त्यसको गोडमेलमा कुनै कार्यालय सहयोगिको ध्यान गएको छैन । कार्यालय समयमा कर्मचारीहरु मोवाइल चलाएर समय कटाउने र कामलाई व्यवास्ता गर्ने गरेको सेवा ग्राहीहरुले गुनासो गरेका छन् । कार्यालय सहयोगीले मात्रै हैन नगरपालिका भित्रका विभिन्न पदमा रहेका कर्मचारीहरुले पनि काममा ध्यान नदिने गरेको गुनासो आउँने गरेको छ ।
मन्थली नगरपालिकामा रहेका कर्मचारीले प्रभावकारी काम नगरिदिँदा सेवाग्राहीहरु मर्कामा पर्ने गरेको गुनासो नगरप्रमुख रमेश बस्नेतले नै बारम्बार सार्वजनिक कार्यक्रममा उठाउँदै आएका छन् । आखिर कर्मचारीहरु किन काममा ध्यान दिँदैनन् त मन्थली नगरपालिकाका कार्यकारी प्रमुख टेककुमार रेग्मीसँग कुरा गर्दा उनी समेत पन्छिए ।

उनले यस बारेमा आपूmलाई त्यति थाहा नभएको बताउँदै थप कुरा शाखा अधिकृतसँग बुभ्mन आग्रह गरे । कार्यालय सहयोगिको खासै काम नै नहुने समेत उनले बताए । ‘कार्यालय सहयोगिका के काम हुन्छर, पानी सानी ल्याउने हुन् । ल्याएकै त छन् नी’, उनले भने ।