गिरिजा प्रसाद कोईराला फाउण्डेशनको दुई क्षेत्रिय अध्यक्ष चयन

  • प्रकाशित मिति: बुधबार, चैत्र २७ २०७५
  • तामाकोशी

रामेछाप, चैत २७ गते रामचन्द्र विक
गिरिजा प्रसाद कोईराला फाउण्डेशन रामेछापले जिल्लाको दुई क्षेत्रमा अध्यक्ष तोकेको छ । गोकुलगंगा गाउँपालिका–२ ठोसेका सुन्दर कार्कीलाई क्षेत्र नं. १ र मन्थली नगरपालिका–१४ फुलासीका भक्तीलाल तामाङलाई क्षेत्र नं. २ को अध्यक्षको जिम्मेवारी दिएको फाउण्डेशन रामेछापका जिल्ला अध्यक्ष दीपक खड्काले जानकारी दिनुभयो ।
त्यस्तै मन्थली नगरपालिकाको अध्यक्षमा जनक खत्री, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा पवित्रा कुमार सुनुवार, लिखुतामाकोशी गाउँपालिकाको अध्यक्षमा पदम तामाङ र गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा काजी बहादुर कार्कीलाई जिम्मेवारी दिइएको अध्यक्ष खड्काले बताउनुभयो ।
अध्यक्षको जिम्मेवारी दिएको स्थानीय तहमा विधान अनुसार कार्यसमिति विस्तारको लागि आग्रह गएिको समेत उहाँले बताउनुभयो ।