रामेछाप, चैत २६ गते ।
अदालतले बहुबिबाहको आरोपमा जेल सजायको फैसला सुनाएको रामेछाप जिल्ला सुनापति गाउँपालिका–२ दिमीपोखरी निवासी कुलबहादुर मगरलाई जेल चलना गरिएको छ ।
अदालतको फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी रामेछापको प्रहरी टोलीले ०७५ चैत २५ गते उनको गाउँबाटै पक्राउ गरी अदालत बुझाएकोमा अदालतले जेल पठाएको हो । बहुबिबाहको आरोपमा मगरलाई जिल्ला अदालत रामेछापले ०७० पुस २५ गते १ वर्ष ३ महिनाको जेल सजायको फैसला सुनाएको थियो ।
फैसला पछि फरार रहेका उनलाई गाउँकै सार्वजनिक स्थलबाट पक्राउ गरी अदालतमा बुझाएकोमा अदातले चैत २५ गतेनै रामेछाप कारागारमा पठाएको रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।
रामेछापका कुलबहादुर बहुबिबाहको आरोपमा जेल चलान
- प्रकाशित मिति: मंगलबार, चैत्र २६ २०७५
- तामाकोशी