रामेछाप, चैत्र २६ गते ।
रामेछापको मन्थली नगरपालिका ११ गेलुको नाटिला खण्डको सडक अनुगमन सम्पन्न भएको छ । मन्थली नगरपालिकाको बजेटमा स्तरोन्नती भएको यस सडकको अनुगमन गरिएको हो ।
मन्थली गेलु पोखरीडाँडा सडक स्तरोन्नती योजना अन्तर्गत मन्थली नगरपालिका ले कुल ५० लाख बजेट दिएर चिसापानीको बफर खोला दखी सावाँडाँडा बजार सम्मको सडक स्तोरन्नती गरिएको छ । सडक अनुगमनका लागि मन्थली नगरपालिकाकी उपप्रमुख मायाकुमारी कार्की, नगरकार्यपालिका सदस्य ममिता श्रेष्ठ र निमार्ण माझी सहित मन्थली नगरपालिका योजना शाखाका ज्ञानेन्द्र काफ्ले, प्राविधिक कृष्णदास श्रेष्ठ रहनुभएको थियो ।
अनुगमन टोलीललाई सडक उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर थापा मगरले सडकको भौतिक प्रगतिको बारेमा जानकारी दिएका थिए ।
सडक फराकिलोे भएसंगै यात्रुबहाक तथा मालबहाक सवारी साधन सञ्चालन गर्न सहज भएको छ । मन्थली नगरपालिकाका प्राविधिक कृष्णदास श्रेष्ठल १ सय मिटर सोलिङ र अन्य ठाउँमा व्यागकटिङ को काम भएको जानकारी दिए ।