पाथीभरामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

  • प्रकाशित मिति: शनिबार, चैत्र २३ २०७५
  • तामाकोशी

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,विक्रम सम्वत २०७५ साल चैत्र २३ गते शनिबार नेपाल सम्बत ११३९ चौल्लाथ्व तदनुसार सन् २०१९ अप्रिल ६ तारिक शुक्लपक्ष प्रतिपदा तिथि दिवा ३ वजेर ६ मिनेटसम्म उप्रान्त द्वितीया तिथि,रेवती नक्षत्र विहान ७ वजेर १८ मिनेटसम्म उप्रान्त अश्विनी नक्षत्र,वैधृतियोग,बव करण,आनन्दादियोग धाता,सूर्य मीन राशीमा,चन्द्रमा विहान ७ वजेर १८ मिनेटसम्म मीन उप्रान्त मेष राशीमा । शुक्र पूर्व दिशामा,योगिनी ३ वजेर ६ मिनेटसम्म पूर्व उप्रान्त उत्तर दिशामा,काल पूर्व र पाश पश्चिम दिशामा,चन्द्रमा विहान ७ बजेर १८ मिनेटसम्म उत्तर उप्रान्त पूर्व दिशामा भ्रमण गर्नेछन् ।
यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह, क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।



मुहूर्त
शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ४१ मिनेटबाट मध्यान्ह १२ वजेर ३१ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–विहान ५ वजेर ५२ मिनेटबाट ७ वजेर २५ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान ८ वजेर ५९ मिनेटबाट १० वजेर ३३ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–अपरान्ह १ वजेर ४१ मिनेटबाट ३ वजेर १५ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ७ वजेर ३१ मिनेटबाट ८ वजेर २१ मिनेटसम्म रहनेछ ।

बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर २५ मिनेटसम्म काल वेला,७ वजेर २५ मिनेटबाट ८ वजेर ५९ मिनेटसम्म शुभ वेला,८ वजेर ५९ मिनेटबाट १० वजेर ३३ मिनेटसम्म रोग वेला,१० वजेर ३३ मिनेटबाट १२ वजेर ७ मिनेटसम्म उद्वेग वेला,१२ वजेर ७ मिनेटबाट १ वजेर ४१ मिनेटसम्म चर वेला,१ वजेर ४१ मिनेटबाट ३ वजेर १५ मिनेटसम्म लाभ वेला,३ वजेर १५ मिनेटबाट ४ वजेर ४९ मिनेटसम्म अमृत वेला र ४ वजेर ४९ मिनेटबाट सूर्यास्तसम्म काल वेला रहनेछ ।

बार वेला
सूर्यास्तबाट ७ वजेर ४९ मिनेटसम्म लाभ वेला,७ वजेर ४९ मिनेटबाट ९वजेर १५ मिनेटसम्म उद्वेग वेला,९ वजेर १५ मिनेटबाट १० वजेर ४१ मिनेटसम्म शुभ वेला,१० वजेर ४१ मिनेटबाट १२ वजेर ७ मिनेटसम्म अमृत वेला,१२ वजेर ७ मिनेटबाट १ वजेर ३३ मिनेटसम्म चर वेला,१ वजेर ३३ मिनेटबाट २ वजेर ५९ मिनेटसम्म रोग वेला,२ वजेर ५९ मिनेटबाट ४ वजेर २५ मिनेटसम्म काल र ४ वजेर २५ मिनेटबाट सूर्योदयसम्म लाभ वेला रहनेछ ।

मेषः– प्रातःकाल अशुभ नै देखिन्छ । मध्यान्हबाट समयले थोरै साथ दिनेछ । गुमेको ठाँउ पुन प्राप्त हुनेछ । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षमा हुनुहुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । खर्चमा थोरै कमि आउनेछ । मान्यजनको सहयोग सहानुभुति मिल्नेछ । वैदेशिक काममा बढि दखल हुनेछ ।

वृषः– शारीरिक शिथिलता बढ्नेछ । काम काजमा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । धन सम्पतिको नास हुनसक्छ । व्यर्थको घुमाई हुनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । आफन्तबाट नै विरोधीको व्यवहार हुनसक्छ । परिश्रमको मुल्य पाईने छैन । आस्था र विश्वास घट्नेछ । तनाव बढ्न सक्छ ।

मिथुनः–समय सामान्य अनुकुल देखिन्छ । आम्दानीका हिसावले दिन अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । कार्य लगनशिलता बढाउनु होला । प्रयत्न गर्नु भयो भने उधारो रकम उठाउन सकिनेछ । कामको विचमा सहयोग गर्ने पनि भेटिने छन् । प्रलोभनमा पार्न सक्छन् सतर्क रहनुहोला ।

कर्कटः–असहज स्थिति पार गरेर सहज स्थितिमा प्रवेश गरिनेछ । राकिएका कामले गति लिनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । नोकरी तथा राजनीतिमा कार्यभार थपिन सक्छ । सामाजिक उत्तरदायित्व वहन गर्न पर्ला । गुमेको विश्वास पलाउनेछ । कार्य क्षमतामा वृद्धि हुनेछ । सहयोगी हात भेटिने छन् । उत्साहा थपिनेछ ।

सिंहः– पूर्वान्ह कमजोर देखिन्छ । मध्यान्हबाट समयमा थोरै सुधार आउनेछ । तनावमा कमि आउनेछ । आन्तरिक भन्दा बाह्य काम बढि दखल हुनेछ । अरुको भलाईमा आफ्नो भविष्य नदेख्नु होला । वोलीको मुल्याङ्कन हुने छैन । आशा र भरोसामा काम नगर्नु होला । पढाईमा रुची बढ्नेछ । धार्मिक काममा सक्रियता बढ्नेछ । यात्राको सम्भावना देखिन्छ ।

कन्याः–आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । काम गर्ने वातावरण खलबलिनेछ । दुर्जनहरुको सक्रियता बढ्नेछ भने सहयोगी हात पन्छिने छन् । दैनिका काममा समस्या आउन सक्छ । मानसिक तनावमा वृद्धि हुनसक्छ । खर्च बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । खर्चमा वृद्धि हुने देखिन्छ ।

तुलाः–हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिन सक्छ । लोभ मोह बढ्नेछ । प्रयत्न गर्नु होला नयाँ काम हात पार्न सकिनेछ । पुरानो विवादको टुङ्गो लाग्नेछ । दैनिका काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावनाहरु देखिनेछन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण कामहरु हुने देखिन्छ । यात्रा हुनसक्छ ।

वृश्चिकः–संघर्षको बाटो तय गर्नु होला सहज रुपमा कहि केहि हुने छैन । सवैलाई मित्र ठान्नु गलत हुनेछ । अरुको भर विश्वासमा काम गर्नु भयो भने आएको अवसर पनि गुक्नेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । राजनीति तथा नोकरीमा कार्य भार थपिनेछ । प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला । लगानीमा जोड नदिनुहोला ।

धनुः– द्विविधामा नपरि काम गर्नु होला । लेनदेन कारोवारले टाउको दुखाउनेछ । इच्छाशक्ति मरेर आउनेछ । वोलीको अनर्थ लाग्न सक्छ । आफन्त पराई हुनसक्छन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा रुची बढ्नेछ । शैक्षिक तथा वैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ । धन दिएर मित्र टाढा बनाउने काम नगर्नु होला ।

मकरः– मन पाक्ने छ,तन थाक्नेछ,निराशा बढ्नेछ । भावनामा बगेर केहि काम नगर्नु होला । आफ्नो धन खर्च गरेर अरुलाई सहयोगको कुने अर्थ रहने छैन । विवादबाट टाढा बसेर काम गर्नु होला । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन घट्नेछ । मन विसाउने चौतारी मिल्ने छैन । कार्य क्षमतामा ह्रास आउनेछ ।

कुम्भः– आलस्यता घट्नेछ,उद्योग,पराक्रम बढ्नेछ । नयाँ नयाँ कामको अवसर नआउला भन्न सकिन्न । धार्मिक काममा धन खर्च हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग सहानुभूति मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा विचार पु¥याउनु होला ।

मिनः– प्रातकाल जति अपरान्ह काल अनुकुल हुने छैन । धैर्यता पूर्वक कुटनैतिक विधि अप्नाएर काम गर्दा राम्रो होला । आर्थिक कारोवारमा विशेष ध्यान दिनुहोला । वोलीको प्रभाव थोरै पर्नेछ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । श्रम अनुसारको प्रतिफल मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य मुनाफा हुनेछ । पढाईमा भने अरुची बढ्नेछ ।