काठमाडौं, २१ चैत । एक महिनामा सकाउनुपर्ने पढाई चार दिनमै सकियो भनेपछि चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक तथा कृषि संकायका प्रशासनिक सहायक डिन विष्णुराज ओझालाई विद्यार्थीले कालोमोसो दलिदिनुका साथै जुत्ताको माला लगाईदिएका छन् ।
क्याम्पसका पूर्व अखिलका सचिव बामदेव रेग्मीका अनुसार ४ दिन पनि पुरै पढाएका थिएनन् । त्यसमाथि पनि २÷२ घण्टाका दरले ८ लेक्चरमा सकाए । छैटौं सत्रान्तको कोर्ष तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै कोठामा राखेको आरोप पनि लगाएका छन् । विद्यार्थीले ओझालाई कालोमोसो दलिदिएर जुक्ताको माला लगाईदिएका थिए ।
वर्षौदेखि ओझाले बिद्यार्थीमाथि गरेको विरोध गर्दा प्राक्टिकलमा माक्स पनि कम दिने आरोप विद्यार्थीले लगाएका छन् । चौथो सत्रान्तको ४ जना बिद्यार्थीको नम्वर निकै कम दिएपछि बिद्यार्थीहरु थप आन्दोलित बनेका थिए । हलो खबर पत्रिका