काठमाडौं । बिबाह भनेको केटा र केटी बिचको एउटा बलियो लगन गाठोँ हो । पछिल्लो समय विबाहपछिका सम्बन्धहरु पनि धरापमा परेका कैयौँ उदाहरणहरु तपाई हाम्रै गाउँ समाजमा छरपस्ट उदाहरणहरु छन् । अझ त्यस माथि नव विवाहित जोडिको सम्बन्ध छुटिन्छकी भन्ने चिम्ताले सधै पोलिरहन्छ । बिशेष गरी बिबाहित महिलालाई परिवारसँग भिज्न निकै गार्हो हुन्छ । आज हामी चर्चा गर्दैछौ , नव बिबाहित महिलालाई के के कुरामा डर हुन्छ भन्ने बिषयमा ।
नव बिबाहित महिलालाई बोली चाली र ब्यवहारमा केहि गल्ती भईहाल्छकी भन्ने विषयमा ठूलो डर सधै हुने गर्दछ । कति पयले यस्तो समस्याका पछाडी बिबाह गर्न हतार गरेका कारण पनि यस्ता समस्या निम्तिएका हुन् की भन्नृे विभिन्न अध्ययनहरुले देखाइरहेका हुन्छन् । त्यस्तै अर्को महत्वपूर्ण कुरा हो श्रीमनले जाडँ रक्सी, धुम्रपान लगायतका कुलतमा फसेर हिडछन् कि भन्ने डर सबैभन्दा ठूलो डर हो । यी कुराहरुले नव दम्पती तथा महिलालाई सधै पिरमा पारीरहन्छ ।