१९ चैत, हेटौंडा । आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन् ।
पीडित किशोरीले चार वर्षदेखि बलात्कार गरिरहेको बताएपछि प्रहरीले उनको बुबालाई पक्राउ गरेको हो । उनलाई १४ दिन म्याद थपगरी अनुसान्धान प्रकृया अघि बढाइएको मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए ।