बारा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।मंगलबार हावाहुरी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले बारा र पर्साका मृतक परिवारलाई पार्टीको तर्फबाट प्रति परिवार ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
फेटा गाउँपालिका पुगेका प्रचण्डले पीडितको अवस्थाबारे जानकारी लिएका थिए । पीडितलाई सम्बोधन गर्दै उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे ।