२७ वर्षीय ज्योतीको गयो ज्यान ! घरमा रुवाबासी

  • प्रकाशित मिति: मंगलबार, चैत्र १९ २०७५
  • तामाकोशी

रोल्पा,-गएराति आएको चट्याङमा परी रोल्पाका एक युवाको ज्यान गएको छ । माडी गाउँपालिका–५ भाबाङ सरुवाका २७ वर्षीय ज्योती परियारको चट्याङमा परी मृत्यु भएको हो । खाना खादै गरेका परियार चट्याङमा परेका थिए ।

हावाहुरीसँगै आएको चट्याङमा परी परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घटनामा एक जनाको मृत्यु भए पनि अन्य क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिनुभयो ।