दोलखा । चैत १८ गते,
भूकम्पपछिको निजी आवास पुनर्निर्माण सुरु भएको करिब ३ बर्ष पुग्नै लाग्दा दोलखामा अझै ३३ प्रतिशत घर निर्माण गर्न बाँकी छ । निजी आवास पुर्न्निर्माण सुरु भएको दोलखा जिल्लाका ३३ प्रतिशत भूकम्प प्रभावित नागरिक अझै अस्थायी टहरामा नै बसोबास गर्न बाध्य छन् । दोलखा जिल्लामा अनुदान सम्झौता भएको कूल लाभग्राहीहरुको तथ्याङ्कमध्ये ६६ दशमलब ८२ प्रतिशत निजी आवास पुर्न्निर्माणको काम सम्पन्न भएको पाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाकी शाखा अधिकृत रिता लम्सालले सानातिना कारणले घर बनाउने काममा ढिलाइ भइरहेको जानकारी दिइन ।
निर्माण सामग्री अभाव र महंगीका कारण निजी आवास पुर्न्निर्माणमा ढिला भएको लाभग्राही दिलबहादुर केसीले बताए । असोजदेखि तेस्रो किस्ता अनुदान रोकिएका कारण पनि पुनर्निमार्णमा ढिलाई भएको लाभग्राहीहरुको गुनासो छ । चालु आर्थिक वर्षको ५ महिनामा मात्र करिब २० प्रतिशत निजी आवासको पुनर्निर्माण भएको प्राधिकरण कार्यालयले जनाएको छ ।
दोलखामा पुनर्निर्माण सुरु भएका ३३ प्रतिशत निजी घर बन्न बाँँकी
- प्रकाशित मिति: सोमबार, चैत्र १८ २०७५
- तामाकोशी