नरेन्द्र रावल चैत्र १७, अछाम । बिगतका बर्षहरुमा अछामका प्रत्येक बस्तिमा एउटा तेल पेल्ने परंम्परागत कोल हुने गरेपनी पछील्लो समय संरक्षणको अभावमा लोप हुदै छ । अछामका प्रत्येक गाँउ बस्तीमा देखीने परंम्परागत कोल पछील्लो समय आधुनीक मील संचालनमा आय पछी बिरलै देख्न पाईन्छ ।
परंम्परागत तेल पेल्ने कोलमा निशुल्क बिना मुल्यमा दिदि बहिनी मिलेर तेल पेल्न पाईने र कोलमा पेलेको तेल निकै पोषीलो हुने ढकारी गाउपालिका दुई की मंन्धरा देबि बुढाले बताउनु भयो ।
गाँउमा काठको बियो, घुम्ती र ढुङ्गाको पाटी बाट बनेको परंम्परागत तेल पेल्ने कोल लोप हुदा आफुहरु चिन्तित भयको स्थानिय महिलाहरु बताउछन । पछील्लो समय परंम्परागत तेल पेल्ने कोल संरक्षणमा अछामका सम्पुर्ण स्थानिय तह लाग्नुपर्ने जानकारहरु बताउछन ।