काठमाडौँ – काठमाडौँको बबरमहलमा सशस्त्र प्रहरी बलको गाडीले एक स्कुटरलाई ठक्कर दिएको गाडी पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको पत्ता लागेको छ । लापरवाहीपूर्वक चलाइएको उक्त गाडीके ठक्कर दिएपछि स्कुटर लडेपनि बेवास्ता गर्दै फरार भएको खबर मिडियामा आएपछि यस विषयमा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले प्रतित्रmिया दिँदै फेसबुकमा स्टाटस समेत लेखेका छन् ।
शनिबार फेसबुकमा एक स्ट्याटस राख्दै चन्दले आफू त्यस दुर्घटना बारे अनविज्ञ रहेको बताए। सामाजिक संजाल र मिडियाहरुमा आफू बारे गरिएको नकारात्मक टिप्पणी प्रति उनले दुख पनि व्यक्त गर्दै दुर्घटनामा परेका ब्यक्तिबारे आँफुलाई जानकारी दिएमा आँफुले भेट्न चाहेको समेत उल्लेख गरेका छन् । उक्त घटना भएको लामो समयपछि मात्रै चन्दले आँफुलाई जानकारी भएको उल्लेख गरेका छन् । चन्दले लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै
‘मिती २०७५/१२/१५ गतेका दिन नयाँ बानेश्वर स्थित ५:४५ बजेतिर मेरो सुरक्षामा रहेको भ्यान र एउटा स्कुटर दुईवटा गाडीको बीचमा परेर आत्तिएर भ्यानको पछिल्लो भागमा ठोकिँदै लडेको र लगत्तै उठी हिँडेको मलाई आज १६ गते सुरक्षा कर्मीले जानकारी गराए । यसमा म अनविज्ञ थिए तर विभिन्न फेस्बुक,मिडियाहरुमा मेरो बारेमा विभिन्न नराम्रा कमेन्ट देख्दा म दुखित छु । साथै स्कुटरमा सवार व्यक्ति को हुन ? यदि कुनै किसिमको चोटपटक लागेको भएमा म भेट्न जानेछु। जानकारी दिन अनुरोध गर्दछु । धन्यवाद !’