फेरी मच्चियो विमान स्थलमा बबाल, निगमको खाली विमान दुबई उड्यो-किन गर्र्यो ५१ जना यात्रु फिर्ता

  • प्रकाशित मिति: बुधबार, चैत्र १३ २०७५
  • तामाकोशी

चैत १३,काठमाडौं–नेपाल वायु सेवा निगमको जहाजबाट दुबई जाने क्रममा रहको ५१ जना यात्रु एकाएक फिर्ता भएपछि प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान शुरू गरेको छ।
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–सोमबार बेलुकी नेपाल वायु सेवा निगमको आरए २२९ नम्बरको उडानबाट दुबई जाने टिकट काटेका यात्रुलाई विमानस्थलको अध्यागमन कार्यालयले आवश्यक कागजात नपुगेको भन्दै सोधपुछ शुरू गरेपछि नेपाल वायु सेवा निगमको विमानस्थल कार्यालयले बोडिङपास दिएका ५१ जनाको पास फिर्ता लिएको थियो । सो पछि प्रहरीले उक्त घटनाका बारेमा छानविन शुरू गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षत्रीले उक्त घटनाका बारेमा अनुसन्धान शुरू गरिएको जानकारी दिए ।