पाथीभरामाईले हामी सबैको रक्षा गरुन, हेर्नुहोस राशीफल,के लेखिएको छ तपाईको भाग्यमा

  • प्रकाशित मिति: मंगलबार, चैत्र १२ २०७५
  • तामाकोशी

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रम सम्वत २०७५ साल चैत्र १३ गते बुधबार नेपाल सम्बत ११३९ चिल्लागा तदनुसार सन् २०१९ मार्च २७ तारिक कृष्णपक्ष सप्तमी तिथि राती १२ वजेर ४७ मिनेटसम्म उप्रान्त अष्टमी तिथि,ज्येष्ठा नक्षत्र मध्यान्ह १२ वजेर १९ मिनेटसम्म उप्रान्त मूल नक्षत्र,व्याघातयोग,भद्रा करण,आनन्दादियोग ध्वाँक्ष,सूर्य मीन राशीमा,चन्द्रमा मध्यान्ह १२ वजेर १९ मिनेटसम्म वृश्चिक उप्रान्त धनु राशीमा । योगिनी वायव्य,काल राहु नैऋत्य,चन्द्रमा मध्यान्ह १२ वजेर १९ मिनेटसम्म उत्तर उप्रान्त पूर्व दिशामा र शुक्र पूर्व दिशामा दिनभर भ्रमण गर्ने छन् ।
यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।



मुहूर्त
अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ४५ मिनेटबाट मध्यान्ह १२ वजेर ३४ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः– विहान १० वजेर ३७ मिनेटबाट मध्यान्ह १२ वजेर १० वजेसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–मध्यान्ह १२ वजेर १० मिनेटबाट अपरान्ह १ वजेर ४२ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ७ वजेर ३४ मिनेटबाट ९ वजेर ६ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–पूर्वान्ह ११ वजेर ४५ मिनेटबाट मध्यान्ह १२ वजेर ३४ मिनेटसम्म रहनेछ

दिन बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर ३४ मिनेटसम्म लाभ वेला,७ वजेर ३४ मिनेटबाट ९ वजेर ६ मिनेटसम्म अमृत वेला,९ वजेर ६ मिनेटबाट १० वजेर ३८ मिनेटसम्म काल वेला,१० वजेर ३८ मिनेटबाट १२ वजेर १० मिनेटसम्म शुभ वेला,१२ वजेर १० मिनेटबाट १ वजेर ४२ मिनेटसम्म रोग वेला,१ वजेर ४२ मिनेटबाट ३ वजेर १४ मिनेटसम्म उद्वेग वेला,३ वजेर १४ मिनेटबाट ४ वजेर ४६ मिनेटसम्म चर वेला र ४ वजेर ४६ मिनेटबाट सूर्यास्तसम्म लाभ वेला रहनेछ ।

रात्री बार वेला
सूर्यास्त कालबाट ७ वजेर ४६ मिनेटसम्म उद्वेग वेला,७ वजेर ४६ मिनेटबाट ९ वजेर १४ मिनेटसम्म शुभ वेला,९वजेर १४ मिनेटबाट १० वजेर ४२ मिनेटसम्म अमृत वेला,१० वजेर ४२ मिनेटबाट १२ वजेर १० मिनेटसम्म चर वेला, १२ वजेर १० मिनेटबाट १ वजेर ३८ मिनेटसम्म रोग वेला,१ वजेर ३८ मिनेटबाट ३ वजेर ६ मिनेटसम्म काल वेला,३ वजेर ६ मिनेटबाट ४ वजेर ३४ मिनेटसम्म लाभ र ४ वजेर ३४ मिनेटबाट सूर्योदय कालसम्म उद्वेग वेला रहनेछ ।

मेषः– समयले आज पनि साथ दिने देखिन्न । विभिन्न खालका समस्या आउने छन् । मनमा अशान्ति बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन । गरेको लगानीबाट प्रतिफल पाईने छैन । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अपरान्ह पछि समयमा सामान्य सुधार आउनेछ । तनावमा कमि आउला ।

वृषः– समयको सदुपयोग गर्नु होला मध्यान्ह सम्म समय अनुकुल नै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापारबाट आम्दानी पनि हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । गलत विचार बढ्नेछ । स्वास्थ्य प्रतिकुल हुने हुदा खानपानमा विचार पु¥याउनु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । खर्चमा वृद्धि हुनेछ ।

मिथुनः– समयको गति सगै काममा सुधार आउनेछ । नयाँ नयाँ कामले प्राथमिकता पाउनेछ । विवादित कुराको टुङ्गो लाग्नेछ । आयत निर्यात व्यापार व्यवसायमा सुधार आउनेछ । विदेश यात्राको योजना बन्न सक्छ । पारिवारिक भेटघाट बढ्नेछ । लेनदेन कारोवार गर्दा भने सोच विचार गर्नु होला । इष्टमित्रको भर परेर काम नगर्नु होला ।

कर्कटः– समयले पूर्ण साथ दिने छैन । सहज रुपमा कहि कतै केहि हुने छैन । संघर्षबाट मात्रै सफलताका सिढि चढ्न सकिनेछ । मनमा एक प्रकारको भय त्रास रहि रहनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विरोधीको काममा बक्रदृष्टि पर्न सक्छ । लगानी नबढाउनु होला । अरुको भरमा काम नगर्नु होला अवसर गुम्नेछ ।

सिंहः– समय त्यति अनुकुल देखिन्न । हेलचक्र्याई नगरि काम गर्नु होला । आफन्तका कारण धन खर्च हुनेछ । व्यापार व्यवसायबाट आम्दानीको तुलनामा खर्च बढि हुनेछ । अरुबाट सहयोगको आशा राख्नु गलत सवित हुनेछ । के गर्ने के नगर्ने भन्ने अन्योलता बढ्न सक्छ । यात्रामा समस्या आउनेछ । पढाई र सन्तानको बारेमा बढि चिन्ता हुनेछ ।

कन्याः–पूर्वान्ह अनुकुल छ समयको सदुपयोग गर्नु होला । काममा ढिला सुस्ति गरेमा अवसर गुम्ने सम्भावना रहन्छ । अपरान्हबाट समयले कम साथ दिनेछ । घरयासी समस्या बढ्ने छन् । भौतिक सुख सुविधामा कमि आउनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । मनमा कुरा खेल्ने छन् । स्वास्थ्य कमजोर बन्नेछ ।

तुलाः– समय विस्तारै अनुकुल बन्दै आउनेछ । वित्तिय क्षेत्रमा सुधारका संकेत देखिने छन् । साथी भाई इष्टमित्रबाट सहयोग मिल्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । गरेका कामबाट उचित प्रतिफल मिल्नेछ । तर काममा साना तिना समस्या भने आउनेछन् ।

वृश्चिकः– समयमा गरेका काम सफल हुनेछन् । विचारमा परिवर्तन आउनेछ । उपलब्धिका काम कम हुनेछन् । अपरान्ह पछिको समय भने कम अनुकुल हुनेछ । संचित धन नोक्सान हुनेछ । आफन्तबाट विश्वास घात हुनेछ । धन दिएर शत्रु नबढाउनु होला । अल्छि नगरिकन काम गर्नु होला । व्यापारमा उधारो काम नगर्नु होला । अल्प सहयोग मिल्नेछ ।

धनुः–पूर्वान्ह काल त्यति अनुकुल छैन । स्वागत सत्कारमा धन खर्च हुनेछ । अपरान्हबाट समयमा सुधार आउनेछ । सोच विचार अरुको भरमा नपरि भ्रम मुक्त भएर काम गर्नु होला । भोजको लागि निमन्त्रण आउने देखिन्छ । स्पष्ट वोल्दा कहिले कहि आफुलाई अप्ठ्यारो पर्ने हुदा विचार पु¥याउनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

मकरः– कुनै काम गर्नु छ भने पूर्वान्ह कालमा गर्नु होला तव सफल हुनेछन् । अपरान्हबाट समय प्रतिकुल हुनेछ । विना हिसाव किताव चल्दा दुःख पाईनेछ, हानी नोक्सानी बढि हुनेछ । काम गर्दा विभिन्न खालका समस्या आउने छन् । घर परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार,व्यवसायबाट आशातित लाभ लिन सकिने छैन । श्रम खेर जानेछ ।

कुम्भः– समयले साथ दिने देखिन्छ । लगनशिल भई महत्वकाँक्षी नबनि काम गर्नु होला सफलता मिल्नेछ । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । कार्य क्षेत्रबाट बाहिर नजानु होला । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । विरोधीका कारण लाभान्वित हुने अवस्था आउन सक्छ ।

मिनः– मध्यान्ह पूर्व भन्दा पछिको समय बढि अनुकुल हुनेछ । अबरुद्ध योजना अगाडि बढ्ने छन् । वित्तिय कारोवारमा सुधार आउनेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । सहयोगी मन भेटिने छन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ ।