कुनै पनि हालतमा मुस्लिम आयोगका अध्यक्ष हुन् लायक छैन भन्दै समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट

  • प्रकाशित मिति: सोमबार, चैत्र ११ २०७५
  • तामाकोशी

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । कपिलवस्तु घर भई हाल काठमाडौँमा बस्दै आएका अब्दुल सलामले अन्सारीले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद् लगायतलाई विपक्षी बनाइ आज दायर गरेको रिट निवेदनमा अन्सारीलाई सो आयोगको अध्यक्ष पदमा काम नगर्न नगराउन आदेशको माग गरेका छन् ।

संवैधानिक परिषद्को बैठकले गत फागुन ६ गते अन्सारीलाई मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिमा अन्सारीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा सुनुवाई समितिमा उजुरी परेको थियो ।



रिट निवदेनमा अन्सारीलाई सो आयोगको अध्यक्ष बनाउनु संविधान र कानून विपरीत भएको उल्लेख छ । अन्सारीले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथसमेत लिइसकेका छन् । रातोपार्टीबाट साभार