पाथीभरामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

  • प्रकाशित मिति: आइतबार, चैत्र १० २०७५
  • तामाकोशी

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल चैत्र ११ गते सोमबार नेपाल सम्बत ११३९ चिल्लागा तदनुसार सन् २०१९ मार्च २५ तारिक कृष्णपक्ष पञ्चमी तिथि राती १२ वजेर ३१ मिनेटसम्म उप्रान्त षष्ठी तिथि,विशखा नक्षत्र पूर्वान्ह ११ वजेर १९ मिनेटसम्म उप्रान्त अनुराधा नक्षत्र,वज्रयोग,कौलव करण,आनन्दादियोग मित्र,सूर्य मीन राशीमा,चन्द्रमा वृश्चिक राशीमा । योगिनी दक्षिण दिशामा,काल वायव्य दिशामा र पाश आग्नेय दिशामा,चन्द्रमा उत्तर दिशामा एवं शुक्र पूर्व दिशामा भ्रमण गरिरहेका छन् । पश्चिमको यात्रा शुभ हुनेछ ।
यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।



मुहूर्त
शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ४६ मिनेटबाट मध्यान्ह १२ वजेर ३४ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–अपरान्ह १ वजेर ४१ मिनेटबाट ३ वजेर १३ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान ७ वजेर ३५ मिनेटबाट ९ वजेर ७ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान १० वजेर ३८ मिनेटबाट मध्यान्ह १२ वजेर १० मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–मध्यान्ह १२ वजेर ३४ मिनेटबाट अपरान्ह १ वजेर २३ मिनेटसम्म र ३ वजेर १ मिनेटबाट ३ वजेर ५० मिनेटसम्म रहनेछ ।

दिन बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर ३६ मिनेटसम्म अमृत वेला,७ वजेर ३६ मिनेटबाट ९ वजेर ७ मिनेटसम्म काल वेला,९ वजेर ७ मिनेटबाट १० वजेर ३९ मिनेटसम्म शुभ वेला,१० वजेर ३९ मिनेटबाट १२ वजेर १० मिनेटसम्म रोग वेला,१२ वजेर १० मिनेटबाट १ वजेर ४२ मिनेटसम्म उद्वेग वेला,१ वजेर ४२ मिनेटबाट ३ वजेर १३ मिनेटसम्म चर वेला,३ वजेर १३ मिनेटबाट ४ वजेर ४५ मिनेटसम्म लाभ वेला र ४ वजेर ४५ मिनेटबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।

रात्री बार वेला
सूर्यास्त कालबाट ७ वजेर ४५ मिनेटसम्म चर वेला,७ वजेर ४५ मिनेटबाट ९ वजेर १४ मिनेटसम्म रोग वेला,९ वजेर १४ मिनेटबाट १० वजेर ४२ मिनेटसम्म काल वेला,१० वजेर ४१ मिनेटबाट १२ वजेर ९ मिनेटसम्म लाभ वेला,१२ वजेर ९ मिनेटबाट १ वजेर ३८ मिनेटसम्म उद्वेग वेला,१ वजेर ३८ मिनेटबाट ३ वजेर ६ मिनेटसम्म शुभ वेला,३ वजेर ६ मिनेटबाट ४ वजेर ३५ मिनेटसम्म अमृत र ४ वजेर ३५ मिनेटबाट सूर्योदय कालसम्म चर वेला रहनेछ ।

मेषः– दिन प्रतिकुल हुनसक्छ विचार पु¥याउनु होला नत्र क्षति धेरै हुनेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । गर्न लागेका काममा विभिन्न खालका अवरोध आउने देखिन्छ । अशुभ समाचारले मनमा चिन्ता थप्ने काम गर्नेछ । सहयोग पाईन्छ भनेका ठाँउबाट मिल्ने छैन । व्यापार घट्नेछ ।

वृषः– विरोधीको चहपहल बढ्नेछ । विवादको अन्त्य हुनेछ । मनोबल र कार्य क्षमता बढ्ने छ । आफ्नै पहलमा धेरै काम बन्ने छन् । नयाँ कामको प्रस्ताव आउनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथीको सहयोगमा महत्व पूर्ण काम हुनेछन् । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ । आम्दानी बढ्ला ।

मिथुनः– गोपनियता भङ्ग नगर्नु होला आफन्त नै शत्रु हुन सक्छन् । काममा हेलचक्र्याई गरेमा अरुले फाइदा लुट्ने छन् । विना मेहनत फलको आश नगर्नु होला । परिश्रम अनुसारको फल भने पाईने छ । स्वास्थ्यमा थोरै ख्याल राख्नु पर्ने देखिन्छ । आय आर्जन बढ्नेछ । ऋण लगानी नगर्नु उत्तम देखिन्छ । गरेमा सुरक्षित विधि अप्नाउनु होला ।

कर्कटः– मनमा धेरै कुरा खेल्ने छन् । आफ्नै कारण काममा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने सम्भावना रहनेछ । समस्याको घेराबाट बाहिर निस्कने प्रयत्न गर्नु होला । व्यापारमा सामान्य सुधार आउनेछ । कला साहित्यमा अभिरुची बढ्नेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । सम्पतिको तृष्णा बढ्नेछ ।

सिंहः–अनुत्पादक काममा समय बढि लगानी हुने देखिन्छ । घरयासी वस्तु खरीदमा धन लगानी बढि होला । व्यवसायिक गतिविधि अझेलमा पर्नेछन् । समयले सोचे जस्तो साथ दिने छैन । काम गर्ने जोश जागर घट्नेछ । मुखको सहयोग गर्ने धेरै हुनेछन् भने व्यवहारिक सहयोग गर्ने कम हुनेछन् । घरमा जमघट बढ्नेछ ।

कन्याः– साहासिक काम हुनेछन् । निर्णय क्षमता बढ्नेछ । तर कुनै पनि कामको बारेमा निर्णय लिदा एकपटक सोचेर लिनुहोला । आफ्नै पहलमा धेरै कामको छिनोफानो हुनेछ । इष्टमित्र साथी भाईको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आर्थिक समस्या समाधान भएर जानेछन् ।

तुलाः–घर प्रयोजनका लागि सामान खरीदमा धेरै पैसा जानेछ । आफन्तको सुझाव सल्लाहा राम्रै मिल्नेछ । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । हेलचक्र्याई नगरि प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्दा बढि आनन्द हुनेछ ।

वृश्चिकः– अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । औषधी चिकित्सा,यान्त्रिक,निर्माण व्यवसाय तथा प्राविधिक कामबाट बढि लाभान्वित हुनुहुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ ।

धनुः– समय प्रतिकुल देखिन्छ । मनमा गलत विचार जन्मिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार विग्रिन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । परभाव एवं परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । अतिथि खर्च बढ्नेछ ।

मकरः– सपना साकार हुने देखिन्छ । नसोचेका ठाँउबाट धन हात पर्न सक्छ । हिजोका असहयोगी आज सहयोगी बनेर आउने छन् । गरेका काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन्, आम्दानी पनि बढ्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सफलता मिल्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

कुम्भः– सकरात्मक सोचको विकास हुनेछ । विगतमा देखिएका समस्या विस्तारै समाधान हुनेछन् । विरोधी पनि शरणमा आउने बातावरण बन्ला । काम गर्ने जोश जागर बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । मान सम्मान पाईनेछ । व्यापारमा व्यवसायबाट सामान्य लाभ होला ।

मिनः–समयमा विस्तारै सुधार आउने देखिन्छ । गलत विचार मनबाट हट्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । स्वास्थ्यम सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।