विप्लवलाई समात्न यस्तो छ सरकारको रणनीति,भयो पर्दाफास

  • प्रकाशित मिति: आइतबार, चैत्र १० २०७५
  • तामाकोशी

काठमाडौं । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई राजनीतिक रुपमा प्रतिबन्ध लगाएको सरकारले उसलाई वार्तामा ल्याउने रणनीति बनाएको छ । विखण्डनकारी मुद्दा बोकेर राजनीतिक अभियान चलाएका सीके राउतकै सैलीमा विप्लबलाई प्रकाउ गर्ने र उसलाई जेल हालेर उनका कार्यकर्तालाई समेत पक्राउ गर्दै गलाउने रणनीति सरकारले अघि सारेको हो ।

सोही शैलमा विप्लबलाई वार्तामा ल्याउनसमेत सहज हुने सरकारी निष्कर्ष छ । गृह मन्त्रालय निकट उच्च स्रोतका अनुसार विप्लवको खोजीमा सक्रिय रहन सरकारले प्रहरीलाई निर्देशन दिइसकेको छ । प्रहरीले सोहीअनुरुप नै विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउसमेत गर्न थालिसकेको छ ।



प्रहरी प्रधान कार्यालयले विशेष टोली खटाएर विप्लवमा उच्च तहका नेतामाथि निगरानी बढाएको गृह स्रोतले जानकारी दिएको छ । -राजधानी दैनिकबाट