म बाच्न चाहान्छु मलाई बचाउनुहोस ! दुवै मृगौला पिडित ११ वर्षीय बालिका दुर्गा साउदलाई सहयोगको याचना

  • प्रकाशित मिति: शनिबार, चैत्र ९ २०७५
  • तामाकोशी

काठमाडौं । अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नं. ६ कि ११ बर्षिय बालिका दुर्गा साउदको दुबै मृगौला फेल भएकाले उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् । अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नं. ६, नाइतोला घर भएका हाल टिकापूर निवासी आमा झुप्री साउद र बुवा लालबहादुर साउद की ११ वर्षिया छोरी दुर्गा साउदको दुबै मृगौला फेल दुवै मृगौलाले काम नगर्ने भए पछी उनले सो मृगौला प्रत्यारोपण गर्न सकेका छैनन् ।

बुवा लालबहादुर साउद मृगौलाप्रत्यारोपणगर्न आर्थिक अवस्था छैन । उनको स्वास्थ्य झनै नाजुक बन्दै गैरहेको छ । उपचारको लागि अहिले काठमाडौंको शिक्षण अस्पताल अस्पताल महाराजगन्जको(H Block Room No: 917 B)मा उपचार भइरहेको छ तर मृगौला प्रत्यारोपण गर्न भनेसकेका छैनन् । मिर्गौला पिडित दुर्गा साउद भन्छिन मलाई बाच्न मन छ तर म बाच्दीन होला सक्नुहुन्छ भने बचाउनुहोस भन्दै बरर आशु खसाली रहेकी छन् ।



उपचारको क्रममा रहेकी मृगौला पिडित दुर्गा साउदको उपचार खर्च आफुसंग भएको रकम सकिसकेको आफुहरुको आर्थिक अबस्था कमजोर रहेकाले सो रकम जुटाउन नसक्ने भन्दै परिवारले सहयोग गर्न आग्रह गरेका छन् । बिरामीको परिवारको आर्थिक स्थिति निकै नाजुक बन्दै गएको र आफु संग भएको जायज्याथा सबै सकिएका कारण देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दयालु मनहरुमा बिनम्रता पुर्बक सहयोगको आशा गरिएको छ , तसर्थ दुवै मृगौला फेल भै उपचार गराई रहेकी दुर्गा साउदको जिबन रक्ष्याको निमित्त सहयोग गर्न चाहने कोमल मनहरुले फोन नं. ९८४८४४८८४२( 9848448842)लाल बहादुर साउदलाई सम्पर्क गरी सहयोग गरिदिनुहुनअनुरोध गरेका छन्।