दुखद खबर : रेखा थापाको मृत्यु ! अस्पतालको चरम लापरबाही ,अस्पताल हाताभित्र तनावग्रस्त

  • प्रकाशित मिति: शुक्रबार, चैत्र ८ २०७५
  • तामाकोशी

धनगढी – यहाँस्थित सेती अञ्चल अस्पतालमा प्रसूति गराउने चिकित्सकको लापरवाहीका कारण एक महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले गरेको प्रदर्शनपछि आज अस्पताल परिसर तनावपूर्ण रह्यो । प्रदर्शन र घेराउसँगै अस्पतालको सेवा पनि प्रभावित बनेको छ । अस्पतालमा प्रसूति सेवा लिएकी धनगढी उपमहानगरपालिका जुगेडा गाउँकी २३ वर्षीया रेखा थापाको मृत्यु भएपछि मृतकका आफन्तले आज अस्पताल घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।

स्थिति बिग्रन नदिन अस्पताल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले चिकित्सकमाथि कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै शव उठाउन मानेका छैनन् । अस्पतालमा यही चैत ४ गते शल्यक्रियाद्वारा प्रसूति गराइएकी रेखा थापाको बिहीबार मात्र अस्पतालले अन्यत्र सिफारिस गरेकामा कोहलपुर लैजाने क्रममा महिलाको बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक महिलाका नवजात शिशुको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, अस्पताल प्रशासन, धनगढी उपमहानगरपालिकाका प्रमुख र मृतकका आफन्तबीच वार्ताद्वारा समस्या समाधानको प्रयास भइरहेको छ ।
ओएस नेपालबाट साभार,