सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमादित्य सम्वत २०७५ साल चैत्र ९ गते शनिबार नेपाल सम्बत ११३९ चिल्लागा तदनुसार सन् २०१९ मार्च २३ तारिक कृष्णपक्ष तृतीया तिथि राती २ वजेर १२ मिनेटसम्म उप्रान्त चौथी तिथि,चित्रा नक्षत्र मध्यान्ह १२ वजेर ९ मिनेटसम्म उप्रान्त स्वाती नक्षत्र,व्याघातयोग, वणिजकरण,आनन्दादियोग काण,सूर्य मीन राशीमा,चन्द्रमा तुला राशीमा । आग्नेय दिशामा योगिनी,काल राहु पूर्व एवं पाश पश्चिम दिशामा,चन्द्रमा पनि पश्चिम दिशामा र शुक्र पूर्व दिशामा भ्रमण गर्ने छन् ।
यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।
मुहूर्त
शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ४६ मिनेटबाट मध्यान्ह १२ वजेर ३५ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः– विहान ६ वजेर ६ मिनेटबाट ७ वजेर ३७ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान ९ वजेर ८ मिनेट बाट १० वजेर ३९ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–अपरान्ह १ वजेर ४२ मिनेटबाट ३ वजेर १३ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ७ वजेर ४३ मिनेटबाट ८ वजेर ३२ मिनेटसम्म रहनेछ ।
दिन बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर ३८ मिनेटसम्म काल वेला,७ वजेर ३८ मिनेटबाट ९ वजेर ९ मिनेटसम्म शुभ वेला,९ वजेर ९ मिनेटबाट १० वजेर ४० मिनेटसम्म रोग वेला,१० वजेर ४० मिनेटबाट १२ वजेर ११ मिनेटसम्म उद्वेग वेला,१२ वजेर ११ मिनेटबाट १ वजेर ४२ मिनेटसम्म चर वेला,१ वजेर ४२ मिनेटबाट ३ वजेर १३ मिनेटसम्म लाभ वेला,३ वजेर १३ मिनेटबाट ४ वजेर ४४ मिनेटसम्म अमृत वेला र ४ वजेर ४४ मिनेटबाट सूर्यास्तसम्म काल वेला रहनेछ ।
रात्री बार वेला
सूर्यास्तबाट ७ वजेर ४४ मिनेटसम्म लाभ वेला,७ वजेर ४४ मिनेटबाट ९ वजेर १३ मिनेटसम्म उद्वेग वेला,९ वजेर १३ मिनेटबाट १० वजेर ४२ मिनेटसम्म शुभ वेला,१० वजेर ४२ मिनेटबाट १२ वजेर ११ मिनेटसम्म अमृत वेला,१२ वजेर ११ मिनेटबाट १ वजेर ४० मिनेटसम्म चर वेला,१ वजेर ४० मिनेटबाट ३ वजेर ९ मिनेटसम्म रोग वेला,३ वजेर ९ मिनेटबाट ४ वजेर ३८ मिनेटसम्म काल र ४ वजेर ३८ मिनेटबाट सूर्योदयसम्म लाभ वेला रहनेछ ।
मेषः– घरका समस्या समाधान हुनेछन् । नयाँ रोजगारीको खोजी हुनेछ । पुराना विवादित विषयको टुङ्गो लाग्नेछ । रजो गुण बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । देश,देशान्तरका बन्ध व्यापारबाट आम्दानी राम्रै हुनेछ । बैदेशिक कार्य सफल हुने देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । गायन,कला सहित्यमा रुची बढ्नेछ ।
वृषः–रिस,डाहा गर्ने बढि हुनेछन् । गोप्य सूचना नचुहाउनु होला पछि आफैलाई अप्ठ्यारो पर्नेछ । संघर्षबाट सफलताका सिढि चढ्न पाईनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । पहिचान नभएका व्यक्तिसँग आर्थिक करोवार नगर्नु होला । शैक्षिक गतिविधि कम हुनेछन् । प्रतिश्पर्धाबाट नभागि अगाडि बढ्नु होला । अरुको भरु नपर्नु होला ।
मिथुनः–आफुमा भएको ज्ञान शिपको प्रयोग गर्न पछि नपर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफ्नो कामबाट अरुले फाइदा लिने छन् । आलस्यता बढ्नेछ । पढाईका साथै बाहिरी काममा चासो बढ्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । चल सम्पतिको अभावमा काम गर्न गाह्रो हुनेछ । धन दिएर आफन्तलाई टाढा नबनाउनु होला ।
कर्कटः– सहयोग माग्नेको संख्या बढ्नेछ । विवादित काममा हात नहाल्नु होला । धन सम्पतिको विषयलाई लिएर बढि टाउको दुखाई हुनेछ । घरपरिवारमा समस्या आउन सक्छ । व्यापारमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । धन खर्च बढ्नेछ । मनोरञ्जनात्मक काम बढि हुनेछन् । पारिवारिक जमघट बढ्नसक्छ ।
सिंहः– आफ्नै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्नेछ । घर परिवारबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । धन दिएर कोहि आपनो बन्नेछैन । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । बौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ ।
कन्याः– कमाईमा भन्दा रमाईमा बढि ध्यान केन्द्रित हुनेछ । ईष्टमित्रबाट सहयोग पाईनेछ । घर परिवारमा सामान्य समस्या आउन सक्छन् । घरका समस्या मिलाउन समय लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । संचित धन खर्च हुनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहला । हतारमा गरेका काम विग्रिने छन् ।
तुलाः– शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनु हुनेछ । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । रोकिएका काम बन्ने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । लोभमोह बढ्नेछ । ईष्टमित्र साथी भाईबाट सहयोग पाईनेछ ।
वृश्चिकः– उपलब्धिका काम भन्दा खर्चका काम सहज रुपमा हुनेछन् । घुमफिर रमाईलोमा दिनका अधिकाँश समय खर्च हुनेछ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । बोलिको प्रभाव घट्नेछ । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । लगानी नबढाउनु होला गरेमा डुब्नेछ ।
धनुः– भाग्यले साथ दिनेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा अग्रसरता बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । कहि कतैबाट पुस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । सहयोगी मन भेटिने छन् ।
मकरः–समयको गतिसैग काममा सुधार आउनेछ । विवादित काममा हात नहाल्नु होला । काम गर्ने जोश जागर बढ्नेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । सामाजिक प्रतिष्ठ बढ्ला । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । हतारमा कुनै पनि निर्णय नलिनु होला । सहि निर्णयको अभावमा पूर्ण लाभ लिन सकिने छैन ।
कुम्भः– धर्म कर्ममा ध्यान जानेछ । आफ्ना काम भन्दा अरुका काम बढि हुने छन् जसका कारण धेरै काम अधुरा रहने छन् । गरेका काम आलोचित हुनेछन् । समस्याबाट पीडित हुनुपर्ला । अनावस्यक खर्चमा वृद्धि हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । मानसिक तनावमा कमि आउनेछ । पुण्य कमाउने काम हुनेछ ।
मिनः– कर्म क्षेत्रबाट बाहिरिने अवस्था आउन सक्छ सचेत रहनु होला । विश्वासको संकट पर्नेछ । सोचाईको विपरित काम हुन सक्छन् । मानसिक चिन्ता बढ्नेछ । पढाई लेखाईमा ध्यान जाने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । आर्थिक कारोवारमा ध्यान दिनु होला ।