नरेन्द्र रावल
२०७५,चैत्र ८ अछाम ।
पुर्बि अछामको ढकारी गाँउपलिकामा पर्ने बिकट गाँउ वार्ड नम्बर चार बलाताका स्थानिय नागरीकहरुले आफुहरुलाई कैलालिको धनगढी सम्मको यात्रा सहजताका लागी बेनिघाटमा पक्किपुल र सडक बाटोको माग गरेकाछन ।
कर्णालि र सेतिको दोभान त्रिबेणीमा पर्ने धामिक तथा प्रर्यटकिय क्षेत्र बेनिघाटमा पक्की पुल निर्माण गरी ढकारी देखी बेनी सम्मको ३० किलोमिटर सडक बाटो निर्माण कार्यलाई अघाडी बढाउने हो भने यहाँको यात्रा सेति लोकमार्गमा जोडेर कैलाली सम्मका लागि सहज हुने स्थानिय वासी बताउछन ।
ढकारी बेनी घाट सडकबाटो सेति लोक मार्ग संग जोड्ने हो भने ढकारी गाउपालिकाका वासीन्दालाई कैलालि सम्मको यात्रामा दुई सय किलोमिटर सडक बाटोको दुरी छोटो हुने भएको छ ।
बलातका बासीन्दालाई सदरमुकाम मंगलसेन जान दुई दिनको पैदल यात्रा हिडनु पर्ने बाध्यता संगै सिचाई र खानेपानिको समेत समस्याले सतायको छ ।
हरेक बिकासमा पछाडी परेको यो गाँउमा प्रर्यटकिय क्षेत्र बेनिघाट सम्म सडक यात्रा जोडेर कर्णाली र सेतिमा स्थानिय गाउपालिकाले र्यापटीङ्ग संचालन गर्ने हो भने यस क्षेत्रमा पर्यटकको संख्या पढेपछी स्थानियलाई आर्थिक प्रर्गति संगै आयआर्जनका अन्यकाम गर्न सकिने जानकार हरु बताउछन ।
पुर्वि अछामको ढकारी गाउपालिकाको बलातामा पर्ने सेति र कर्णालिको दोभान,स्थानियले गरे पक्किपुलको माग
- प्रकाशित मिति: शुक्रबार, चैत्र ८ २०७५
- तामाकोशी