८ चैत, काठमाडौं । काठमाडौको चन्द्रागिरि नगरपालिका-१४, नैकापमा झुण्डिएर आत्महत्या गरेका एक युवकको पहिचान खुल्न नसक्दा शव अलपत्र परेको छ । मृत्यु भएको ४० दिन वितिसके पनि पहिचान नखुलेपछि शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अलपत्र परेको हो ।
महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख नायब उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाका अनुसार मृत्यु हुने युवकले आफ्नो घर धादिङको केराबारी बताउने गरेका थिए । मिस्त्री काम गर्ने उनले साथीभाइ मध्ये कसैलाई आफ्नो नाम रवीन्द्र तामाङ त कसैलाई दिपक स्याङ्त्याङ बताउने गरेका थिए । अनलाईन खबरबाट साभार