ठुलो दुर्घटना ! ४० जनाको गयो ज्यान ,मृत्यु मुखमाधेरैजसो महिला र बालबालिका

  • प्रकाशित मिति: शुक्रबार, चैत्र ८ २०७५
  • तामाकोशी

इराक : कुर्दिस नयाँ वर्ष मनाउन यात्रा गरिरहेका यात्रु बोकेर कुदिरहेको पानीजहाज बिहीबार दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ । तिर्गिस नदीमा यात्रारत पानीजहाज क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको बताइएको छ ।

सुरक्षा अधिकारी हुसाम खलिलका अनुसार दुर्घटनामा पर्ने अधिकांश यात्रु पर्यटकीय क्षेत्रमा पर्व मनाउँदै रमाउन हिँडेका थिए । बसन्त ऋतुको सुरुवातसँगै इराकमा कुर्दिस नयाँ वर्ष मनाइन्छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका रहेको पनि खालिलले जानकारी दिएका छन् ।