सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल चैत्र ८ गते शुक्रबार नेपाल सम्बत ११३९ चिल्लागा तदनुसार सन् २०१९ मार्च २२ तारिक कृष्णपक्ष द्वितीया तिथि राती ३ वजेर ४० मिनेट सम्म उप्रान्त तृतीया तिथि,हस्ता नक्षत्र अपरान्ह १ वजेर ७ मिनेटसम्म उप्रान्त चित्रा नक्षत्र,वृद्धियोग,तैतिलकरण, आनन्दादियोग अमृत,सूर्य मीन राशीमा,चन्द्रमा राती १२ वजेर ३६ मिनेटसम्म कन्या उप्रान्त तुला राशीमा । आज काल राहु आग्नेय र पाश वायव्य दिशामा,शुक्र पूर्व दिशामा,चन्द्रमा दक्षिण दिशामा र योगिनी उत्तर दिशामा भ्रमण गरिरहेका छन् ।
यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा शुक्र विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख अशुभ मानिन्छ ।
मुहूर्त
शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ४७ मिनेटबाट मध्यान्ह १२ वजेर ३५ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–विहान ९ वजेर ११ मिनेटबाट १० वजेर ४१ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान १० वजेर ४० मिनेटबाट मध्यान्ह १२ वजेर ११ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–अपरान्ह ३ वजेर १३ मिनेटबाट ४ वजेर ४४ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्त मुहूर्तः–विहान ८ वजेर ३३ मिनेटबाट ९ वजेर २१ मिनेटसम्म र मध्यान्ह १२ वजेर ३५ मिनेटबाट अपरान्ह १ वजेर २४ मिनेटसम्म रहनेछ ।
दिन बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर ३८ मिनेटसम्म चर वेला,७ वजेर ३८ मिनेटबाट ९ वजेर ९ मिनेटसम्म लाभ वेला,९ वजेर ९ मिनेटबाट १० वजेर ४० मिनेटसम्म अमृत वेला,१० वजेर ४० मिनेटबाट १२ वजेर ११ मिनेटसम्म काल वेला,१२ वजेर ११ मिनेटबाट १ वजेर ४२ मिनेटसम्म शुभ वेला,१ वजेर ४२ मिनेटबाट ३ वजेर १३ मिनेटसम्म रोग वेला,३ वजेर १३ मिनेटबाट ४ वजेर ४४ मिनेटसम्म उद्वेग वेला र ४ वजेर ४४ मिनेटबाट सूर्यास्तसम्म चर वेला रहनेछ ।
रात्री बार वेला
सूर्यास्तबाट ७ वजेर ४४ मिनेटसम्म रोग वेला,७ वजेर ४४ मिनेटबाट ९ वजेर १३ मिनेटसम्म काल वेला,९ वजेर १३ मिनेटबाट १० वजेर ४२ मिनेटसम्म लाभ वेला,१० वजेर ४२ मिनेटबाट १२ वजेर ११ मिनेटसम्म उद्वेग वेला,१२ वजेर ११ मिनेटबाट १ वजेर ४० मिनेटसम्म शुभ वेला,१ वजेर ४० मिनेटबाट ३ वजेर ९ मिनेटसम्म अमृत वेला,३ वजेर ९ मिनेटबाट ४ वजेर ३९ मिनेटसम्म चर र ४ वजेर ३९ मिनेटबाट सूर्योदयसम्म रोग वेला रहनेछ ।
मेषः– बाह्य प्रभावका कारण काममा समस्या आउन सक्छ सोच विचार अगाडि बढ्नु होला । धैर्यतापूर्वक काम गर्नु होला र आफन्नो गोपनीयता भङ्ग नगर्नु होला शत्रु बलिया हुनेछन् । परिश्रम अनुसारको प्रतिफल मिल्नेछ । आफ्नो काममा आफै लागि पर्नु होला तव मात्र लाभ लिन सकिनेछ । असहयोग गर्नेको जमात ठुलै हुनसक्छ ।
वृषः– अस्थिरता बढ्न सक्छ धैर्यता नगुमाई काम गर्नु होला । विवादमा नपरि काम गर्दा राम्रो हुनेछ । व्यवसायिक प्रतिष्ठानबाट मुनाफा धेरै लिन सकिने छैन । प्रेममा धोका हुनसक्छ सचेत रहनु होला । पढाई लेखाईमा अवरोध आउन सक्छ । नयाँ क्षेत्रमा लगानीमा जोड नदिनु होला । सहयोग गर्ने कमै भेटिने छन् । आय आर्जन सामान्य हुनेछ ।
मिथुनः– धन सम्पति हराउने वा चोरी हुनसक्छ ताला चाँवी बलियो गर्नु होला । आफन्त सँगको विश्वास गुम्न सक्छ । चुनौतिको सामना गर्नु पर्ला । समस्याबाट पीडित हुनुहुनेछ । अनावस्यक खर्च बढ्नेछ । कसैको पनि काम गरेर जश मिल्ने छैन । शारीरिक शिथिलता बढ्न सक्छ । आपसमा मनमुटाव बढ्नेछ । दिएको धन फर्किने छैन ।
कर्कटः–वातावरण मिलाएर कर्म क्षेत्रमा जानु होला तव मात्र सफलता मिल्नेछ । काम गर्ने जोश जागर घट्ने छैन । गरेका काम प्राय सफल हुनेछन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । काममा ढिला नगर्नु होला उपलब्धि गुम्न सक्छ । अरुको पूर्ण विश्वास र भरोसामा नपर्नु होला ।
सिंहः– कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । अरुको भर विश्वासमा काम गर्दा फसिन सकिन्छ सतर्क रहनु होला । खर्चमा नियन्त्रण गरेर काम गर्नु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्तिक कम हुने देखिन्छ । पुरानो संरचनालाई नभत्काउनु होला पछि घाटा हुनेछ ।
कन्याः– बढि महत्वकाँक्षी नबनि काम गर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आर्थिक उन्नतिका सम्भावना बढि नै देखिन्छ समयको सदुपयोग गरेर अगाडि बढ्नु होला । काममा विलम्ब गर्दा उचित फाइदा लिन सकिने छैन । सामाजिक काममा अभिरुची बढ्नेछ । इष्टमित्र सकरात्मक हुनेछन् । घर खर्च बढि नै होला ।
तुलाः– काम गर्ने वातावरण अझै बन्ने छैन । सोचाईका विपरित काम हुनेछन् । विश्वास पात्रले धोका दिन सक्छन् । हेलचक्र्याई गरेर काम गर्दा दुःख कष्ठ बढि मिल्नेछ । नयाँ काममा हात नहाल्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । राज्यसँग सरोकार रहेका विषयमा आज अगाडि नबढ्नु होला । परभाव र पर बन्धनको सम्भावना देखिन्छ ।
वृश्चिकः– सापटी दिएको रकम पाईनेछ । समयको ख्याल राखेर अगाडि बढ्नु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन ठीकै ठीकै हुनेछ । आत्मिय मित्रबाट सहयोग सहानुभूति मिल्नेछ । कार्य क्षमता घट्ने छैन तर समयमा काम गर्न सकिएन भने उपलब्धिका अवसर गुम्न सक्छन् ।
धनुः– अत्यन्त सजग र सतर्क भएर अगाडि बढ्नु होला । काम काजमा प्रगति राम्रै हुनेछ । काम गरे अनुसारको लाभ लिन सकिने छ । व्यापार व्यवसायमा सुधारका संकेत देखा पर्ने छन् । विगतमा विग्रेको सम्बन्धमा सुधार आउनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा भने एकपटक सोचेर गर्नु होला ।
मकरः–देखे जस्तो,सोचे जस्तो र गरे जस्तो कहि कतै नहुनसक्छ । कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । धार्मिक काममा सहभागि हुने अवसर आउन सक्छ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ । जीवन साथीको सहयोग लिएर काम गर्नु भएमा सहजता बढि हुनेछ । सहयोग गर्ने भन्दा आसा राख्ने धेरै हुनेछन् । खर्च बढ्नेछ ।
कुम्भः–समयमा अझै सुधार आउने देखिन्न । असहज परिस्थिति सृजना हुनसक्छ सामना गर्नु पर्ला । काम अनुसारको प्रतिफल पाईने छैन । काम गर्दा विभिन्न समस्याको सामाना गर्नु पर्ला । विश्वास र भरोसा टुट्ने छ । फजुल खर्च बढ्नेछ । दिएको धन डुब्न सक्छ । भरोसाको केन्द्रविन्दु टुट्न सक्छ । लगानी नबढाउनु होला व्यापार घाटा बढ्नेछ ।
मिनः– लगनशिल भई गरेका काम सफल हुनेछन् । धेरै आशा राखेर काम नगर्नु होला । वातावरण मिलाएर अगाडि बढ्नु पर्ने देखिन्छ । व्यापार व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । परिवारको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । विदेश यात्राको सम्भावनालाई अझै नकार्न सकिन्न । काममा ढिला सुस्ति गरेमा अवसर गुम्नेछ ।
(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )। नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।