खनाल प्रहरी फन्दामा,खास कारण यस्तो पो रहेछ

  • प्रकाशित मिति: बिहिबार, चैत्र ७ २०७५
  • तामाकोशी

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले झुटो समाचार लेखेर अफवाह फैलाउने एकजना पत्रकारलाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौँका १० स्थानमा बम विस्फोट भयो भन्ने झुटा झुटा समाचार लेखेर अफवाह फैलाउने कपिलवस्तुका २१ वर्षीय गौरव खनाललाई बुधबार रुपन्देहीबाट पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले आवाज डटकम अनलाइनमार्फत जथाभावी समाचार लेखेर अफवाह फैलाएकाले खनाललाई पक्राउ गरिएको जानकारी दिए ।



‘अनलाइनमा अमर्यादित, भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाएकाले पक्राउ गरेका हौँ,’ –उनले भने । पक्राउ खनाललाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी साइबर अपराधमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ । रातोपाटिबाट साभार