विदेशमा नेपालि महिलाको यस्तो हालत ! घरेलु काममा कुवेत आएकी नेपाली महिलाले जन्माईन् अबैध बच्चा

  • प्रकाशित मिति: बिहिबार, चैत्र ७ २०७५
  • तामाकोशी

कुवेत । रोजगारीका लागि घरेलु कामदारका रुपमा कुवेत आएकी एक नेपाली महिलाले काम गर्ने घरमै अबैध बच्चा जन्माएकी छन् । परियार थर भएकी ती गत फेबु्रअरीको अन्तिममा बाबुको पहिचान नभएको शिशु जन्माएकी हुन्।

काम गर्ने घरमै सुत्केरी व्यथाले च्यापेपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलाले केहि समयभित्रै बच्चा जन्माएकी थिइन् ।
अस्पतालबाट डिस्चार्ज भएलगत्तै ति महिलालाई डिपोर्टेसन सेन्टर (जेल) पठाईएको छ ।



शिशुलाई सेल्टरमा राख्न सकिने अवस्था नभएकाले प्रहरीको सहयोगमा डिपोर्टेसन सेन्टर पठाएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

स्पोन्सरकै घरमा काम गर्ने ड्राइभरसँग अबैध सम्बन्धबाट शिशुको जन्म भएको हुन सक्ने आशंका गरिएको छ । ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन दूतावासलाई समस्या परेको जनाएको छ ।

कुवेतस्थित नेपाली रावदूतावासको तथ्याङ २०१८ जनवरी २९ तारिखदेखि अप्रिल २२ तारिखसम्म कुवेत सरकारले दिएको आममाफीको समयमा ३९ जना अबैध बच्चा नेपाल पठाईएका थिए ।