२०७५, चैत्र ७,
नरेन्द्र रावल – अछाम । पुर्बी अछामको तुर्माखाद गाउपालिका वार्ड नम्मर पाँच गाँउखेतमा बृहत खानेपानिको योजना बने संगै घरघरमा खानेपानीका धारा र भाडा राख्ने चाग बनेपछी स्थानिय वासी हर्षीत भएका छन । बिगतका बर्षहरुमा एकदुई घन्टा हिनेर पिठ्युमा बोकेर खोलाको दुषीत पानि पिउने गरेका यहाँका ५२ घरधुरीका तिनसय २१ बासीन्दा पछील्लो समय गाउपालिकाले गुरुयोजना अनुसार खानेपानिका योजना निर्माण गरेपछी स्थानियवासी लाभान्दित भएका छन ।
रिझीकुन्टा पुनेपातल खानेपानि तथा सरसफाई योजनाको तेस्रो अनुगमन तथा योजना उदघाटन कार्यक्रममा बोल्दै पाँच बर्ष भित्र तुर्माखाद गाउपालिकाको आठवटै वडामा खानेपानी तथा सरसफई योजना संचालन गरी एकघर एकधारा निर्माण गरीने तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले बताउनु भयो ।
ग्रामिण जलस्रोत ब्याबस्थापन परियोजना अन्र्तगत नेपाल सरकार, फिनल्याष्ड सरकार र गाउपालिकाको संंयुक्त लगानिमा संचालित खानेपानि आयोजना को ४९ लाख लागतमा घरघरमा खानेपानिका २०वटा धारा, र ४९ वटा भाडा राख्ने चाङ्घ निर्माण गरीयकाछन ।
हाल तुर्माखाद गाउपालिकामा जडीचौतारा खानेपानि आयोजना, भाडेथोलु, रीठाखोला, र कालापत्थरगरी चारवाटा खानेपानि आयोजना निर्माण भैरहेका छन । जुन आयोजना बनेपछी यहाँका बासीन्दालाई लाई खानेपानिको ठुलो राहात हुने छ ।