रामेछाप । चैत ७ गते ,
रामेछापको सदरमुकाम मन्थलीमा प्रथम रामेछाप कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५ जारी छ । मन्थली नगरपालिकाको आयोजना तथा सामाजिक सशक्तिकरण नेपालको सह(आयोजना एवं जिल्ला समन्वय समिति रामेछाप, रामेछाप उद्योग वाणिज्य संघ र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा मंगलबारबाट सुरु भएको मेलाकोे आकर्षण थप बढ्दो छ ।
मेलामा अन्य स्टलमा भन्दा रोटेपिङ, बाल उद्यान, उँटको चमत्कारी नृत्य र साँस्कृतिक कार्यक्रममा सर्वसाधारणको आकर्षण बढ्दो छ । चैत १७ गतेसम्म संचालन हुने मेलामा राष्ट्रिय स्तरका कलाकारहरुले मनोरञ्जन दिइरहेका छन् । मेलाको दोस्रो दिन बुधबार राष्ट्रिय स्तरका कलाकारहरु खुमन अधिकारी , सिर्जना भण्डारी लगाएत स्थानीय कलाकारहरुले विभिन्न प्रस्तुतिहरु दिएर मेलामा सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । मेलामा लाइभ कन्सर्ट, जिल्ला स्तरीय गायन तथा नृत्य प्रतियोगिता समेत हुने छ । 
रोटेपिङ, बाल उद्यान, स्थानीय साँस्किृतिक झाँकी प्रदर्शन, दैनिक उपभोग्य बस्तुको स्टल,स्थानीय स्तरमा उत्पादीत विभिन्न कृषि जन्य सामाग्री र उँटको चमत्कारी नृत्य मेलाको आकर्षण रहेको छ । मेलाको पहिलो दिन मंगलबार प्रवेश निशुल्क गरिए पनि बुधबारबाट मेला अवलोकन गर्न प्रवेशमा शुल्क रु ५० रुपैंया लाग्ने आयोजकले जनाएको छ । मेलामा ३१ लाख ५६ हजार रुपैंया खर्च हुने अनुमान गरिएको छ ।
रामेछाप महोत्सव २०७५ , रोटेपिङ, बाल उद्यान, उँटको चमत्कारी नृत्यमा आकर्षण
- प्रकाशित मिति: बिहिबार, चैत्र ७ २०७५
- तामाकोशी