विद्यालय हिडेकी १७ वर्षीय दिपा विष्ट बेपत्ता

  • प्रकाशित मिति: मंगलबार, चैत्र ५ २०७५
  • तामाकोशी

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ की १७ वर्षीय दिपा विष्ट आईतबार बिहानदेखि हराएकी छिन् । उनी तासिर बोर्डिङ स्कूलमा कक्षा ९ मा अध्ययनरत छिन् । उनका आफन्तहरुले आईतबार बिहान करिब ६ बजेको समयदेखि उनी हराएको बताएका छन् ।

उनी विद्यालय जाने क्रममा बाटोबाट हराएकी बताइएको छ । उनलाई फेला पार्नेले नजिकैको प्रहरी चौकीमा बुझाईदिन वा परिवारलाई खबर गरिदिन आग्रह गरिएको छ । उनको आफन्तको फोन नम्बर ९८०७२८७६९८(बुवा) र ९८१४२७८७५९ (दाई) मा फोन गरेर जानकारी दिन उनका अभिभावकहरुले आग्रह गरेका छन् ।



उनी हराएपछि उनका साथीहरुसँग सोधपुछ गर्दा पनि कुनै पत्तो नलागेको उनका आफन्तहरुको भनाई छ ।उनी हराएको विषयमा प्रहरीलाई खबर गरिएको पनि आफन्तहरुले बताए ।

उता मकवानपुरको हेटौँडा ९ पशुपति नगरमा अवस्थित प्रगति माविबाट यस वर्ष को एस.ई.ई. परिक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई प्रोत्सहान स्वरुप शुभकामना सहित कलम प्रदान गरिएको छ । विद्यालय प्राङ्गणमा सोमबार उनीहरुलाई टिका लगाएर कलम वितरण गरिएको पशुपति नगरबाट प्रशिक्षार्थी पत्रकार आशिष खतिवडाले जान कारी दिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य निरञ्जन ढकालले परीक्षामा कसरी लेख्ने लेख्ने भन्ने सम्बन्धमाा विद्यार्थीहरुलाई जानकारी दिएका थिए । हरेक वर्ष उत्कृष्ट नतिजा निकाल्न सफल प्रगति माविबाट यस वर्ष ८४ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुने प्राचार्य ढका लले जानकारी दिए ।

सहभागी विद्यार्थीहरुमा ४० छात्र र ४४ जना छात्रा रहेका छन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमणि अधिकारीको सभाध्यक्षता तथा ९ नम्बर वडाका वडाध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालय ब्यवस्यापन समितिका सदस्यहरू, शिक्षक अभिभावक संघका प्रतिनिधिहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।