काठमाडौं चैत्र ४ – मर्ने कसलाई रहर हुन्छ । श्वास रहून्जेलाको आश सवैलाई हुन्छ । सपनाको संसार ग्रुपको सक्रीयतामा र विशेस गरेर यस ग्रुपकी एडमिन सोफिया थापा लगायतको बिशेष पहलमा पीडित एक महिलालाई आर्थिक सहयोग प्रदान गरेका छन् । उक्त ग्रुपका पदाधिकारीहरुले बाईक दुर्घटनामा परि घाईते भएकी पिडित चेली तामाङको उपचारका लागि सहयोग स्वरुप सहयोग प्रदान गरेको बताईएको छ । चेली तामाङको लामो समय देखि ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।


सेवा नै धर्म हो भन्ने भनाईलाई आत्मसात गर्दै सपनाको संसार ग्रुपमा सक्रिय सदस्यहरुले रकम संङकलन गरी सहयोग प्रदान गरेका हुन् । जसमा यस ग्रुपका एडमिन सोफिया थापा,एडमिन एच.वि.थापा,एडमिन रणवीर बलामी,शुसिल क्षेत्री,सोमु नेपालि,नविना पाण्डे,सानु श्रेष्ठले गरि तीस हजार पाच सय(३०५००) सहयोग गर्नुभएको हो । सपनाको संसार ग्रुपका सदस्यहरु कोहि देश बाहिर र कोहि नेपालमै भएकोले उक्त ग्रुपको तर्फबाट काठमाडौंमा सक्रिय ग्रुपका सक्रिय सदस्या नविना पाण्डे र रणवीर बलामीको उपस्थितिमा अनलाइन टिभीको साथमा वीर अस्पतालको ट्रमा सेन्टरमा उक्त रकम हस्तान्तरण गरिएको बताईएका तामाकोशी अनलाइनलाई जानकारी दिनुभएको छ ।



हेर्नुहोस भिडियो :
यस्तो दर्दनाक अवस्था चेली तामाङको ! “सपनाको संसार” ग्रुपबाट ३० हजार ५ सय सहयोग रकम हस्तान्तरण
- प्रकाशित मिति: सोमबार, चैत्र ४ २०७५
- तामाकोशी