रामेछापमा उपभोक्ता हक अधिकार संरक्षण बारे छलफल

  • प्रकाशित मिति: सोमबार, चैत्र ४ २०७५
  • तामाकोशी

रामेछाप । चैत ४ गते,कैलाश खत्री ,
रामेछापको सदरमुकाम मन्थलीम २ दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । तीन नम्बर प्रदेश सरकार उद्योग पर्यटन ,वन तथा बाताबरण मन्त्रालय र घरेलु तथा साना उद्योग विकास समिति रामेछापले सयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् । त्यस अन्तरक्रिया कार्यक्रममा उपभोक्ता हक अधिकार संरक्षण तथा पर्वद्धनका विषयमा व्यापक छलफल हुने बताइएको छ । दुइदिने सो कार्यक्रममा रामेछाप जिल्लाका घरेलु तथा साना उद्योगसंग सम्बन्धीत कार्यालयहरुको प्रमुख तथा प्रतिनिधि,रामेछाप उद्योग बाणिज्य संघका प्रतिनिधि , उद्योगी र व्यवसायीहरुको सहभागिता रहेको छ ।
सो छलफल कार्यक्रममा उद्योग दर्ता , नविकरण , खारेजी लगाएत उद्योग व्यवसायसंग सम्बन्धीत नीति ,नियम र कानुनी व्यवस्थाका बारेमा अवगत गराइनेछ । त्यस्तै बाणिज्य प्रशासन एवं सरकारी तथा निजी उद्योग धन्दाका बिषयमा छलफल हुने बताइएको छ । कार्यक्रमको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले सोमबार शुभारम्भ गरेका हुन् ।
मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माा ,उद्योग बाणिज्य संघ तीन नम्बर प्रदेश सदस्य पशुपति बहादुर खड्का , नेपाल उद्योग बाणिज्य संघ रामेछापका बरिष्ठ उपाध्यक्ष केशव प्रसाद घिमिरे , उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र शर्मा कडेंल लगाएतले बोलेका थिए । कार्यक्रमको पहिलो दिनको सत्रमा घरेलु तथा साना उद्योग विकास समिति रामेछापका प्रमुख राजेन्द्र कुमार श्रेष्ठ र रामेछाप उद्योग बाणिज्य संघका महासचिव जगन्नाथ दाहालले सहजिकरण गरेका थिए ।