काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । सुरेश चोखालाको प्रस्तुति लोक देउडा गित “झल्का लाईगै साली”म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक स्वयम शुरेश चोखालको लय तथा शब्द सृजना रहेको उक्त गितमा पछिल्लो समय नेपालि डेउडा गीतमा एक पछी अर्को चर्चाको शिखरमा चुलिदै आएका गायक सुरेश चोखाल र करिश्ना सिराडीको सुमधुर स्वर दिनु भएको छ । डी.बि.रौलेले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई अमित बिकले क्यामरामा कैद गरेका छ ।
मिना रावलले सम्पादन गरेको म्युजिक भिडियोमा दिनप्रतिदिन चर्चाको शिखरमा चड्दै गरेकी कान्छी मोडल झरना बोहोरा र केशब राज पन्तको अभिनय रहेको छ । यस गितलाई गायक चोखालाको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :