काठमाडौं । सञ्चारकर्मी रबि लामिछाने फेरि विवादमा मुछिएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे गलत अभिव्यक्ति दिएका रवि विवादमा मुछिएका हुन् । विशेषगरी उनी नेकपा नेता तथा कार्यकर्ताहरुबाट अट्याकमा परेका छन् ।
सिधा कुरा जनतासँग कार्यक्रममा प्रचण्डलाइृ मरेपनि खासै फरक नपर्ने अभिव्यक्ति दिएपछि उनी विवादमा मुछिएका हुन् । भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्ड पुत्री रेणु दाहालले उनलाई पागलको संज्ञा दिएकी छन् ।
रविले प्रचण्डको बारेमा बोलेको भनाईमाथि टिप्पणी गर्दै उनले पागल भनेकी हुन् । नेकपाका एक युवा नेताले फेसबुकमा स्टाटस राखेका थिए । सोही स्ट्याटसमा प्रतिक्रिया दिँदै रेणुले रविलाई ‘पागलपन’ को संज्ञा दिएकी हुन् ।केन्द्र बिन्दुबाट साभार