काठमाडौं स् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका जाँदैछन्। उनी पत्नी सीताको उपचारका लागि अमेरिका जान लागेको बताइएको छ । प्रचण्डसँगै पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लागेका हुन्। सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छन्।
छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप कमजोर भएकी छन्। गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन् ।