नेतृत्व माथि प्रतिवन्द्ध लगाउने सरकारको घोषणा ! विप्लवको यस्तो रणनीति

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २९ २०७५
  • तामाकोशी

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिवन्द्ध लगाउने निर्णय गरेको छ। सरकारको निर्णय लगत्तै विप्लव नेतृत्वको नेकपाले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको थियो ।

विप्लव नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्कीले सरकारले देशलाई जबर्जस्त युद्धमा धकेल्ने षड्यन्त्र गरेको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘हामी राजनीतिक रुपमा देशभर भण्डाफोर गर्छौं, सरकार दमनमा आए त्यसको प्रतिरोध गर्छौं।’सरकारले आफूहरुमाथि प्रतिवन्ध लगाए खतरा बढ्ने विप्लवको चेतावनीविखण्डनकारी सिके राउतलाई काखी च्यापेर सरकारले आफूहरुमाथि प्रतिवन्ध लगाएको भन्दै उनले संघर्ष चर्काउने चेतावनी दिएका हुन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।