एक्कासी बस दुर्घटना, १४ जना घाइते

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन २८ २०७५
  • तामाकोशी

कपिलवस्तु : कपिलवस्तुको जीतपुर चारनम्बरमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। कपिलवस्तु सामुदायिक अस्पताल अगाडी मंगलबार सांझ यात्रुबाहक बस दुर्घटनामा परेको हो। कोपवा‐जीतपुर– बुटवल सडकखण्डमा चल्ने कपिलवस्तु यातायात व्यवसायी समितिको ग १ ख २८९१ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। बसमा सवार यात्रुको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ।

बस दुर्घटनामा वाणगंगा नगरपालिका ९ निवासी निशा थारु, बुद्धभूमि नगरपालिका वडा नम्बर २ का भावना सेन थापा, बुटवल देवीनगरका प्रेमकला गौतम, लक्ष्मी गौतम, सिता गौतम, मोहन थारु, वाणगंगा नगरपालिका, १० का बनस रजिया, चिन्कि थारु, सोही स्थानका रमपतिया थारु, कपिलवस्तु नगरपालिका, ६ बेमेलीका स्तरउती थारु, बुटवल ११ की रिता गौतम, सिमरीकी माया चौधरी रहेका छन्।



उनीहरू सबैको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परि घाइते भएका थप दुई जनाको पहिचान हुन सकेको छैन्। चारनम्बर–ठाकुरपुर अन्तर्रगतको सडकखण्डको मर्मत सम्भार भैरहेकाले ड्राईभर्सन मार्फत कपिलवस्तु सामुदायिक अस्पताल हुँदै सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। सोही अन्र्तगत गुडेको बसले अटोरिक्सालाई बचाउन खोज्दा सडक साँघुरो भएको कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
थाहा खबरबाट साभार,