काठमाडौं । काठमाडौको नागार्जुन–५, पाँचधारा हलचोकमा एक महिलाको हत्या भएको छ । ज्यामी काम गर्ने धरान घर भई हलचोक बस्दै आएकी ४५ वर्षीया निरमाया चेम्जोङको हत्या भएको हो । उनको शव मंगलबार विहान खानेपानी ट्याङ्की नजिक कोल्टो परेको अवस्थामा भेटिएको थियो ।
हत्या अभियोगमा प्रहरीले पाँचधारा खानेपानी ट्याङ्कीमा चौकीदारको रुपमा काम गर्ने ३७ वर्षीय प्रकाश थापा मगरलाई पक्राउ गरिएको छ । प्रहरी अनुसन्धानका क्रममा उनी सोमबार राति मृतक निरमायाको कोठामा गएको देखिएको छ । त्यसक्रममा वादविवाद हुँदा पेटमा लात्तीले हानेर बेहोस बनाएको र उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाश र निरमायाबीच एकअर्काको कोठामा आवतजावत हुने गरेको पनि प्रहरीले जनाएको छ । राजधानीबाट साभार