काठमाडौं । बसपार्कमा बम विस्फोट भएको छ । उक्त विस्फोटमा परेर ज्यान गुमाउनेहरुको संख्या दुई पुगेको छ । भारतको जम्मु कश्मीर राज्यमा भएको बम विष्फोटमा ३० जना घाइते भएका छन् । घटनामा परि घाइते भएकाहरुको उपचार भइरहेको छ ।
उक्त आक्रमणमा मर्नेहरुमा उत्तराखन्डका १७ वर्षीया युवक पनि रहेका छन् । अर्का ३२ वर्षीया मोहम्मद रियाजको उपचारको क्रममा ज्यान गएको छ । कुलगाम जिल्लामा सक्रिय यासिर जावेग भट अर्थात अरहानले घटनाको जिम्मेवारी लिएको छ । प्रहरीले घटनामा संलग्न भएको भन्दैं दश जना भन्दा धेरैलाई हिरासतमा लिएको छ । भारतीय सञ्चारमाध्यमहरुमा आएको समाचारलाई आधार मान्ने हो भने, यासिर आतंकवादी संगठन हिजबुल मुजाहिद्दीनसँग सम्बन्ध भएका व्यक्ति हुन् ।
यस्तैं राज्यपाल सत्यपाल मलिकले मृतक परिवारलाई पाँच लाख (भारु) र घाइतेहरुलाई २० हजार(भारु) सहयोग गर्ने जानकारी दिनु भएको छ । बिहानैं ठुलो आवाज आएपछि उक्त क्षेत्रमा बम विष्फोट भएको खुल्न आएको थियो । कश्मीरलाई स्वतन्त्र बनाउँने आन्दोलनमा हरेक दिन सुरक्षाकर्मी र आन्दोलनकारी बिच लडाई हुने गरेको छ । एजेन्सी
janboli बाट साभार