मन्थली, फागुन २७ गते ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा तापक्रम मापन डिजिटल डिस्प्ले बोर्ड जडान गरेको छ । पहाडी समाज कल्याण केन्द्र मार्फत संचालित युएसआइडीको सबल परियोजनासँगको सहकार्यमा उक्त डिजिटल डिस्प्ले जडान गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहिहरुले अबदेखि मन्थलीको खुल्ला स्थानको तापक्रम, विपद् व्यवस्थापन सम्बन्धि विभिन्न सुचनाहरु डिस्प्ले मार्फद थाहा पाउन सकिने कार्यालयका नायव सुब्वा लक्ष्मण भुजेलले बताउनु भयो ।
डिजिटल डिस्प्ले बोर्ड सेवाग्राहिहरुले सहज रुपमा देख्न सकिने ठाउँ सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षा अगाडी जडान गरिएको सबल परियोजनाका विपद् व्यवस्थापन अधिकृत थिरबहादुर थापा रविनले जानकारी दिनु भयो ।
