कांग्रेस कार्यकर्ताको गोली हानेर हत्या

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २७ २०७५
  • तामाकोशी

बुटवल । रुपन्देहीको देवदहमा गोली हानी एक जनाको हत्या भएको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको गोली हानी हत्या भएको देवदह प्रहरी चौकीले जनाएको छ।

मोटरसाइकल चढेर खैरेनीबाट भलुहीतर्फ आउने क्रममा उनलाई अपरिचित समूहले गोली हानेको र गम्भीर घाइते भएका पुरीको लागि देवदह मेडिकल कलेज लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। उनी नेपाली कांग्रेस तथा भातृ संगठन तरुणदलका सक्रिय कार्यकर्ता रहेको बताईएको छ।
डिसी नेपालबाट साभार